७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत



अ+ अ-

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ ।

आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्रभित्रका कोभिड प्रभावित एक हजार परिवारलाई राहत वितरण गरिएको हो ।

वितरण गरिएको राहत प्याकेजमा प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, दुई केजी आयोनुन, दुई केजी चिनी, दुई लिटर सनफ्लावर तेल, एक केजी सर्फ, पाँच गोटा साबुन, सर्जिकल फेस मास्क ५० वटाको एक प्याकेट, सेनटाइजर ५०० एमएलको एक थान र एक थान हलुका ब्ल्याङ्केट रहेको छ ।

आसमानका नीति सल्लाहकार गुरु सुवेदीले इटहरीका ३०० र दुहबीका ३०० घरपरिवारलाई राहत वितरण भइसकेको जानकारी दिँदै विराटनगर महानगरपालिका क्षेत्रका ४०० घरपरिवारलाई छिट्टै राहत वितरण गरिने बताउनुभयो ।

आसमान नेपालले कोभिड प्रभावित परिवारलाई मानवीय सहायता उपलब्ध गराउने अभियानलाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना बनाएको श्री सुवेदीले जानकारी दिनुभयो ।