१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विदेश जाने र स्वदेश फर्कनेमा ४० प्रतिशतले वृद्धि

विदेश जाने र स्वदेश फर्कनेमा ४० प्रतिशतले वृद्धि
अ अ+ अ-

काठमाडौं । पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशीने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रिए संगै रोकथाम  र नियन्त्रणका लागि सरकारले आज २३ गते राती १२ बजे देखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो । 

पछिल्ला दुई दिनमा यात्रुहरुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाईट बनाएर तेश्रो मुलुक उडान गर्न नपाउने बैशाख १३ गतेको मन्त्रीपरिषद् निर्णय पछि यात्रुहरुको आवागमनमा कमि आएपनि १९ गतेको निर्णयसंगै आवागमनको दर वृद्धि भएको हो । सरकारले अन्तराष्टिय उडान र अवतरणमा रोक लगाएपनिनेपालस्थिति विदेशी दुतावासहरुले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको , कोभिड भ्याक्सिन लगाएर ट्रेकिङ गर्न आएका पर्यटकहरुले पनि कम्तिमा १० होटल क्वारेन्टीन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरुको चाप बढेको बताईएको छ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अन्तराष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णय संगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरुले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरु आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशत सम्म वृद्धि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “हामीले हरेक दिन विमानस्थलबाट कति व्यक्तिहरु विदेश प्रस्थान गरे र कति स्वदेश आगमन भयो भनेर तथ्यांक राख्ने गर्छौ । त्यो हिसाबले हरेक दिनको आगमन र प्रस्थानको अभिलेख हामीसंग छ । तर विद्यार्थी, कामदार र अरु व्यवसायीक मान्छेहरु कति भन्ने खालको डाटा हामीले राख्ने गरेका छैनौ । बैशाख १३ गतेको मन्त्रीपरिषद् निर्णयपछि, नेपाललाई ट्रान्जिट प्वाईट बनाएर अर्को देश जाने प्रयोजनका लागि नेपालमा हवाईयात्रा गर्न नपाईने भन्ने नेपाल सरकारको निर्णयपछि त्यस्तो व्यक्तिहरु नेपालमा यात्रा गर्न कम गर्नुभयो । 

त्यसपछि समग्रहमा यात्रुहरुको आवागमन घटेको देखिन्छ । केही दिन सम्म यात्रुको आवागमन घटेको थियो । पछिल्लोपटक १९ गतेको मन्त्रीपरिषद् निर्णय बाट २३ गते राती, आज राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय भईसकेपछि, यो बीचमा अत्यावश्यक कामले आफ्नो देश फर्कनुपर्ने विदेशी नागरिकहरु र  विदेशमा रहेका नेपाल फर्कन चाहने नेपाली नागरिकहरु केही समय बन्द हुन्छ भनेपछि आफ्नो तालिका परिवर्तन गरेर आउने जाने क्रम बढेको कारणले पछिल्लो एक दुई दिन चाहीँ यात्रुहरुको आवागमन बढेको देखिन्छ । यात्रुहरुको चाप बढेपछि विभिन्न एयरलाईन्सहरुले केही अतिरिक्त उडान गरेको सुन्नमा आएको छ । यात्रुहरुको चाप बढेपछि पनि अतिरिक्त उडान संभव भएको हो ।

मैले पाएको जानकारी अनुसार आज राती १२ बजे भन्दा अगावै विदेशबाट प्रस्थान गरिसकेका र ट्रान्जिट भएर आउनुपर्ने जहाजहरु भोली बिहानसम्म २ वटा सम्म आउन दिने गरि कुरा भएको मैले बुझेको छु । त्यसले गर्दा भोली बिहानसम्म यहाँहरुले प्लेन आएको देख्न सक्नुहुन्छ । १३ गतेको मन्त्रीपरिषद्को निर्णयपछि दैनिक २०÷२५ प्रतिशतले यात्रुहरुको आवागमनमा कमि आएको थियो । पछिल्लो पटक त्यसलाई कभर गर्ने गरि ३०-४० प्रतिशतले बढेको छ ।”

हवाईमार्गबाट बैशाख २२ गते मात्रै २ हजार २ सय ९० जना प्रस्थान भएका छन् भने ३ हजार ८ सय ८४ जना नेपाल भित्रिएका छन् । त्यसैगरी, २१ गते १ हजार ४ सय ४० नेपाल छोडेका छन् भने ३ हजार १ सय ८३ जना नेपाल आएका छन् । २० गते १ हजार २ सय ५ जना, १९ गते १ हजार ३ सय ६९ जना ,१८ गते १ हजार ६ सय ९० जना र १७ गते २ हजार ५ सय ९ जना हवाईमार्ग हुदै विदेश गएका छन् । अध्यागमनका अनुसार, २० गते २ हजार ३ सय २३ जना, १९ गते २ हजार ५ सय १० जना,१८ गते २ हजार ३१ र १७ गते २ हजार ६ सय २७ जना नेपाल भित्रिएका छन् । यात्रुहरुको चाप बढेपछि मंगलबार मात्रै एयर अरेबियाले ३ वटा उडान थप गरेको थियो । त्यसैगरी अन्य एयरलाईन्सहरुले पनि उडान थप गरेका छन् ।