• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल

एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै, वर्षा हुने सम्भावना



एजेन्सी । एशिया कप २०२३ को तेस्रो खेल आज भारत र पाकिस्तानबीच क्यान्डीमा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ ।

पहिलो खेलमा पाकिस्तानले नेपाललाई पराजित गरेको थियो । अर्कोतर्फ भारतीय टोलीको यो पहिलो खेल हो । चार वर्षपछि एकदिवसीय क्रिकेटमा दुवै टोली आमनेसामने हुँदैछन् । यसअघि उनीहरुको अन्तिम भिडन्त २०१९ को विश्वकपमा भएको थियो ।

खेलको एक दिनअघि नै पाकिस्तानले प्लेइङ–११ घोषणा गरेको छ । भारतीय टोलीले भने प्लेइङ–११ टसको समयमा घोषणा गर्नेछ ।

वर्षा हुने ८४ प्रतिशत सम्भावना
विभिन्न मौसमी वेबसाइटका अनुसार शनिबार दिउँसो खेल हुने समयमा क्यान्डीमा बादल रहिरहनेछ । खेलको समयमा वर्षाको सम्भावना ८४ प्रतिशत छ ।

हेड टु हेड
भारत र पाकिस्तानबीच कुल १३२ ओडीआई खेलिएको छ । भारतले ५५ खेल जितेको छ भने पाकिस्तानले ७३ खेल जितेको छ । ४ खेल अनिर्णित रहे । यी दुई टोली अन्तिम पटक २०१८ को एकदिवसीय एसिया कपमा भिडेका थिए । त्यसपछि उनीहरूबीच २ खेल खेलियो र दुवै पटक भारतले जित्यो ।

श्रीलंकामा एसिया कपको दौरान भारत र पाकिस्तान तीन पटक भिडेका छन् । दुवैले एक–एक पटक खेल जितेका थिए । जबकि एक खेल वर्षाका कारण अनिर्णित रह्यो ।

पछिल्लो पटक दुवै टोली सन् २०१० मा डम्बुलाको मैदानमा भेटेका थिए । यो खेल भारतले एक बल बाँकी रहँदै ३ विकेटले जितेको थियो । यसअघि सन् २००४ मा कोलम्बोमा भएको खेल पाकिस्तानले ५९ रनले जितेको थियो । दुवै टोली पहिलो पटक क्यान्डीमा एकदिवसीय क्रिकेटमा आमनेसामने हुँदैछन् ।

भारतका शुभमन गिल सन् २०२३ मा एकदिवसीय क्रिकेटमा भारतका लागि सर्वाधिक रनस्कोरर बनेका छन् । जबकि कुलदीप यादव सर्वाधिक विकेट लिने बलर हुन् ।

अर्कोतर्फ पाकिस्तानका कप्तान बाबर आजमका लागि यो वर्ष उत्कृष्ट रह्यो । उनले १२ एकदिवसीय खेलमा ६८९ रन बनाएका छन् । उनीपछि कप्तान फखर जमान रहेका छन् ।

पिच कस्तो छ ?
यहाँको पिच ब्याटिङका ​​लागि राम्रो छ । यहाँ पहिलो इनिङ्सको औसत स्कोर २५० रन रहेको छ । पिच सिम बलरका लागि सुरुमा सहयोगी हुन सक्छ । यसले खेल अघि बढ्दै जाँदा स्पिन बलरहरूलाई पनि मद्दत गर्नेछ ।