४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छ: सभामुख घिमिरे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ ।

सभामुख घिमिरेले नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसै अनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको पनि बताउनु भयो । शुक्रवार ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लागिगुँरास फूलको बिरुवा रोपेपछि उहाँले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भएपनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताउनु भयो ।

सभामुख घिमिरेले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुशी व्यक्त गर्दै यसले मुलुकलाई समृद्ध बनाउन र पर्यटनमार्फत समृद्धि योजना बनाउन पनि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालप्रतिको आकर्षण, आम्दानी बढाउन सो क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले महालक्ष्मी महानगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान चलाएको बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘संसारको सुन्दर मुलुकहरुमा सबभन्दा अगाडि नेपाल हुनसक्छ । तर, त्यही ढंगको अध्ययन गर्ने, हेर्ने, विश्लेषण गर्ने भईरहेको छैन । अहिले महालक्ष्मी नगरपालिकाले यो क्षेत्रलाई एउटा पर्यटनको हिसावले आकर्षक क्षेत्रको रुपमा विकास गर्ने जे शुरुवात गरेको छ । यो राष्ट्रकै हीतको लागि, राष्ट्रलाई नै आकर्षण गर्नका लागि, राष्ट्रलाई समृद्ध बनाउनका लागि नेपाली जनता र नेपाली जातिहरुले गौरव गर्ने चिजको रुपबाट विकास गर्ने शुरुवात हो भन्ने मलाइ लाग्दछ ।’

‘यो शुरुवातलाई सबै पक्षबाट सहयोग गरेको खण्डमा काठमाडौंको यो प्रदुषण, काठमाडौंको यो बाल्लो बस्ती र त्यसलाई यहाँ आएर लिने मनारञ्जन र संसारभर यस्ता ठाउँहरु, यो जैविक विविधता, अनेक खालको रुख, विरुवाहरु, यहाँको हावापानीहरु, यसलाई जोगाउने कुरा यसलाई हेर्नका लागि पनि ठूलो धुईरो लाग्न सक्छ । र, यसले देशको विकासमा महालक्ष्मीले योगदानहरु गर्नसक्छ भन्ने मलाई लाग्दछ । र, यी नजिक गणेशमान सिंहको नाममा भएको पार्क, त्यसले आकर्षण दिइरहेको छ भने त्यसलाई कम्पिटिशन गर्दै यो आइरहेको छ ।’

‘यस प्रकारको कम्पिटिसनले आकर्षण बढाउने, आम्दानी बढाउने र यसलाई अन्त प्रेरणा लिने ठाउँको रुपमा विकास हुन सक्छ । त्यसको लागि यहाँको मेयरज्युको मुख्य दायित्वको कुरा छ भने प्रदेशसभाका माननीयज्युहरु, प्रतिनिधि सभाका माननीयज्युहरु र खासगरी यहाँका लोकल जनसमुदायहरु, यहाँको सामुदायिक वन, वनका रक्षक जनताहरु । यी सबैले यसलाई त्यसरी लैजानुपर्छ । त्यो ठाउँ आज हेर्न पाउँदाखेरी धेरै खुशी लागेको छ ।’

महालक्ष्मी नगरपालिकाले काठमाडौं उपत्यकाको नजिकै रहेको लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी त्यस क्षेत्रमा गणेशमान सिंह स्मृति पार्क बनाइएको छ । अहिले मनमोहन मेमोरियल टावर पनि निर्माण गरिएको छ । नगरपालिकमा मेयर हरिगोविन्द श्रेष्ठले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान अन्तर्गत आगामी माघमा ‘लाँकुरी भञ्ज्याङ वर्ष’ मनाउने योजना पनि तय गरिएको बताउनु भयो । उहाँका अनुसार सो नगरपालिकाले त्यहाँको विकासका लागि राष्ट्रिय विभूतिहरुको स्मृति पार्कहरुलाई निर्माण गर्दै लैजानेछ ।

यसले काठमाडौं उपत्यका र यस क्षेत्रको पर्यटन र पर्यावरणमा मात्रै योगदान नदिई नेपालको समृद्धिमात्रै महत्वपूर्ण योगदान पुर्‍याउने महालक्ष्मी नगरपालिकाको बुझाई छ ।