८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

१२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउनुपर्छ: प्रवक्ता सापकोटा

१२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउनुपर्छ: प्रवक्ता सापकोटा
अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नीप्रसाद सापकोटाले एमसीसी परियोजना कार्यान्वयनका लागि संसदबाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीको अंग बनाउनुपर्ने बताउनु भएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले औपचारिक र संस्थागत रुपमा १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंग बनाएमा मात्र कार्यान्वयनमा सहज हुने बताउनुभएको हो ।

माओवादी केन्द्र एमसीसी परियोजना व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाएर मात्रै अगाडी बढ्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘म नै सभामुख भएको बेलामा १२ बुँदे घोषणापत्र जारी भएर त्यो पारित भएको छ । अहिले हाम्रो पार्टीको लाइन के हो त भन्दाखेरी त्यो व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको अंग बन्नुपर्छ । किनभने त्यो हाम्रो सार्वभौमसत्ता सम्पन्न संसदले पास गरेको विषय हो नि । त्यो प्रष्ट रुपमा, संस्थागत रुपमा, औपचारिक रुपमा एमसीसी सम्झौताको अंग बन्नुपर्छ । त्यसो गरेपछि मात्रै वास्तवमा यो कार्यान्वयन सहज हुनसक्छ । किनभने जनतामा उठेका प्रश्नहरु स्पष्ट हुनुपर्‍यो । अरु धेरै कुरा भन्दापनि त्यहाँ पास भएको १२ बुँदे घोषणापत्र सम्झौताको अंग बन्नुपर्छ भन्ने छ । त्यसै अनुसार जान्छ ।’

उहाँले वर्तमान सत्तारढ गठबन्धनमा तत्कालै कुनै समस्या नआउने बताउनु भयो । उहाँले सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका बीचमा पनि कुनै खटपट नपरेको बताउनु भयो ।