१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधा घण्टाको वर्षाले जलेश्वर जलमग्न



अ+ अ-

जलेश्वर । आधा घण्टा लगातार मुसलाधारे पानी परेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

आज करिब १०:३० बजेदेखि ११ बजेसम्म परेको भारी वर्षाका कारण जलेश्वरभर पानी पानी भएको छ भने वर्षाका कारण जलेश्वरको सबै सडक पनि डुबेको छ । तीव्र गति र ठूलो ठूलो थोपासहित परेको पानीले यहाँका जिल्ला अदालत, जिल्ला प्रहरी, कारागार, जिल्ला प्रशासन, मालपोत र जलेश्वर नगरपालिकाको कार्यालयमा जाने सम्पूर्ण बाटो डुबानमा परेका छन् भने कतिपय कार्यालयको परिसरमा पानी जमेको छ ।

पानीका कारण बाटोमा सवारी साधन गुडाउन समस्या भएपछि कार्यालयमा कामकाजका लागि आउजाउ गर्ने सेवाग्राहीसमेत मारमा परेका छन् । लामो समयदेखि पानी नपरेका कारण नगरभित्रको सम्पूर्ण ढल जाम भएर जलेश्वर अहिले जलमग्न भएको हो । पानीको निकासका लागि विभिन्न स्थानमा स्काभेटर तथा डोजर लगाइएको छ । रासस