७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः बर्नलेसँग बराबरीमा रोकियो युनाइटेड, एभर्टनमाथि न्युक्यासलको जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । 

बुधबार मध्यरातमा भएको खेलमा युनाइटेडले बर्नलेसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । 

बर्नलेको घरेलु मैदानमा खेलको १८ औं मिनेटमा पउल पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । 

यता, ४७ औं मिनेटमा जे रोड्रिग्वेजले गोल गर्दै बर्नलेलाई बराबरीको स्थितीमा ल्याए । त्यसपछि दुबै टिमले गोल गर्ने प्रयास गरेपनि सफल नहुँदा खेल बराबरीमा सकियो । 

बराबरीसँगै २३ खेलबाट ३९ अंकसहित युनाइटेड अंकतालिकाको पाँचौं स्थानमा छ भने २० खेलबाट १४ अंकसहित बर्नले पुछारमा छ । 

यस्तै, सोही समयमा भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३-१ गोलले पराजित गरेको छ ।

खेलको ३६ औं मिनेटमा न्युक्यासलका जमाल लासेलेसले आत्मघाती गोल गरेपछि एभर्टनले सुरुवाती अग्रता बनाएको थियो । त्यसको १ मिनेटपछि अर्थात ३७औं मिनेटमा एभर्टनका मासन होल्गेटले आत्मघाती गोल गरेपछि न्युक्यासल बराबरीमा आयो ।

दोस्रो हाफमा न्युक्यासल खेलमा फर्कियो । घरेलु मैदानमा ५६ औं मिनेटमा र्यान फ्रासरले र ८० औं मिनेटमा किएरन ट्रिपरले गोल गर्दै न्युक्यासललाई जित दिलाए ।

२१ खेलबाट १९ अंकसहित एभर्टन १६ औं स्थानमा रहँदा २२ खेलबाट १८ अंकसहित न्युक्यासल १७ औं स्थानमा छ ।