• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली ★   सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटको लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध ★   गृहमन्त्रीले लगाएका आरोप प्रमाणित गरेर देखाउन कांग्रेसको चुनौती ★   प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप ★   प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, संसद अवरोध जारी राख्ने ★   कांग्रेस संसदीय दलको बैठकका कारण कार्यव्यवस्था बैठक प्रभावित ★   अर्थतन्त्र पुनरुत्थानका लागि लगानीमैत्री बजेट ★   रास्वपा संसदीय दलको बैठक जारी

पर्वतमा चितुवा मृत फेला



पर्वत । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो ।

स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।

वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो । रासस