६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना अस्पताल सञ्चालनको तयारी



अ+ अ-

काठमाडौं । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गर्नुभएको सम्बोधनलाई कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शङ्कर नेपालले कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचङ्गु नारायणमा रहेका संरचनालाई शनिबारसम्म आईसीयू शय्यासहितको कोभिड अस्पतालमा रूपान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । 

पहिलो कोरोना महामारीका बेलामा पनि यी ठाउँहरूमा रहेका संरचनालाई कोरोना सङ्क्रमितहरुको उपचारका लागि प्रयोगमा ल्याइएको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।