• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित ★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’

विदेश जानैपर्छ भन्ने नेपालीहरुको मानसिकता परिर्वतन गर्न आवश्यक छ: मन्त्री महत



काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा नै धेरै अवसरहरु भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताउनु भयो ।

उहाँले नेपालबाट जाने विद्यार्थीहरु राम्रो विश्वविद्यालयहरुमा नगएको भन्दै उनीहरुले अध्ययन पूरा गर्न नसक्ने राम्रो अवसर समेत पाउन नसकेको बताउनु भयो । उहाँले नेपालमा इन्जिनियरिङ पढ्नेहरु अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरुमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भएपनि कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको बताउनु भयो । अर्थमन्त्री महतले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय ठूलो संख्यामा युवाहरु आइटीमा लागे पनि करको दायरामा भने नआएको बताउनु भयो । उहाँले नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरु निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गर्नुभयो । उहाँले आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले जति पनि विद्यार्थीहरु बाहिर देशहरुमा पढ्न जानुभएको छ । त्यो राम्रो कलेजहरुमा जानुभएको छैन । उनीहरु एउटा भिसा सर्कलमा गएका छन् । न कलेज पूरा गर्नसक्छ । न ठूलो अवसर पाएको छ । त्यस्तो स्थितिमा हामीले कक्षा १२ बाट नै ५० देखि १०० प्रतिशत छात्रावृत्ति नभइ जाने विषयमा राष्ट्रिय रुपमा छलफल गर्न आवश्यक छ । नेपालमा इन्जिनियरिङ पढ्नेहरु अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरुमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता नेपाली विद्यार्थीहरुमा छ । तर कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर गएका छ । अहिले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानै पर्छ भन्ने भएको छ । अब विदेश नजानु भनेको इज्जत नै जाने जस्तो भइसक्यो । यो मानसिकता परिवर्तन गर्न आवश्यक छ ।

हाम्रो शिक्षा क्षेत्रमा समस्या छैन भन्ने होइन । केही समस्याहरु छन् । अहिले नेपालमा ठूलो संख्यामा युवाहरु आइटीमा लाग्नुभएको छ तर करको दायरामा आउनुभएको छैन। नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरु निर्यात हुने गरेको छ । नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना छ । यसलाई सरकारले प्रोत्साहन गरेको छ । बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने निति लिएको छ । आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक छ । ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनायौं कसरी ऋण तिर्ने भन्ने भइरहेको छ । त्यो भन्दा पहिला निजगढमा विमानस्थल बनाउन पाएको भए । धेरै पर्यटक आउन नेपालले आउ भने पनि कहाँबाट आउने समस्या छ । निश्चित विमानस्थलको क्षमता छ । सबै सडक मार्ग हुँदै आउनु भन्न सकिँदैन ।’

उहाँले आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पर्यटन प्रवद्र्धनको लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार रहेको बताउनु भयो । उहाँले पोखरा विमानस्थल भन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने अवस्था देखिएको बताउनु भयो । उहाँले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता निश्चित रहेकाले धेरै पर्यटक आउन भन्नसक्ने अवस्था नभएको बताउनु भयो ।