• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?



काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार आठ सय निर्धारण गरिएकोे छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार पाँच सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार दुई सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर एक हजार चार सय ८० तोकिएको महासङ्घले जनाएको छ ।