काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त हुनुभएका गंगाप्रसाद यादवले पदभार ग्रहण गर्नुभएको छ । उहाँले शुक्रबार दिउँसो पदभार ग्रहण गर्नुभएको हो ।
बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुग्नुभएका यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव ओमबहादुर खड्का लगायतका कर्मचारी सहभागी हुनुहन्थ्यो ।
उहाँलाई गत बैशाख २० गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालिन प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।








