१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कोभिसिल्ड खोप खरिद बारे प्रकाशित समाचारहरुको संदर्भमा स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण

कोभिसिल्ड खोप खरिद बारे प्रकाशित समाचारहरुको संदर्भमा स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले कोभिसिल्ड खोप खरिद बारे प्रकाशित समाचारहरूको संदर्भमा स्वास्थ्य गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

मन्त्रालयले विज्ञप्ती जारी गर्दै कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने भएकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरि आएका समाचार हरुमा सत्यता नरहेको बताएको हो । 

विज्ञप्तीमा भनिएको छ, 
कोभिसिल्ड खोप खरिद बारे समाचारहरूको संदर्भमा स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ, अहिलेको विषम परिस्थितिमा संसार नै कोभिड बिरुद्ध जुझिरहेको अवस्थामा खोप एउटा आशालाग्दो उपहारको रुपमा संसारलाई प्राप्त भएको छ । यस्तो बेला खोपको महत्व र यसको प्राप्तीका लागि विश्व जगत नै लागि परेको छ । समतामुलक तथा न्यायपूर्ण वितरणका लागि कोभ्याक्स फ्यासिलिटिबाट सबैलाई खोप पुर्याउन राष्ट्रसंघ पनि लागि परेको छ । यसै समय नेपालबाट पनि शिघ्रातीशिघ्र खोप प्राप्त गरि जिवनहरु बचाउन दक्षिण एशियामा भारत पछि नेपालले खोप अभियान शुरु गरेको थियो, यसै अभियानलाई थप विस्तृत बनाइ खोप खरिद गर्न औषधी व्यवस्था विभागको आपतकालिन प्रयोगका लागि अनुमति प्राप्त कोभिशिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएको मध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकि खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम ईन्सटिच्युट ईन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन । अन्य कम्पनीका खोप हरुले औषधि व्यवस्था विभागबाट स्वीकृति पाएको र पाउने क्रममा रहेको छ । नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कुटनैतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको छ । कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने भएकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई संलग्न गरि आएका समाचार हरुमा सत्यता नरहेको समेत सर्वसाधारण मा जानकारी गराइन्छ ।