१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कोभिड नेपालः नियमित हवाई उडान र अधिकांश नाका बन्द, यी हुन् पाइने र नपाइने कुरा !

कोभिड नेपालः नियमित हवाई उडान र अधिकांश नाका बन्द, यी हुन् पाइने र नपाइने कुरा !
अ अ+ अ-

काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण तथा नियन्त्रणको प्रयास स्वरूप सोमबारदेखि आन्तरिक उडानहरू स्थगित गरेको नेपालले बिहीबार मध्यरातबाट नियमित अन्तर्राष्ट्रिय उडानहरू पनि बन्द गरेको छ। हवाई उडानबारे मन्त्रिपरिषद्‌ले यसै साता गरेको निर्णयलाई कार्यान्वयनमा ल्याइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।  

गत आइतबार मन्त्रिपरिषद्‌को बैठकले वैशाख मसान्तसम्मका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू स्थगित गर्ने निर्णय गरेको थियो। त्यसैगरी सरकारले अहिले भारतसँग ३५ मध्ये १३ वटा नाकाबाट मात्रै आवतजावत गर्न पाइने व्यवस्था गरेको छ।

कस्ता उडान गर्न पाइन्छ ?
मन्त्रालयस्थित नागरिक उड्डयन तथा हवाई महाशाखाका सह(सचिव बुद्धिसागर लामिछानेका अनुसार नियमित उडानहरू स्थगन भए पनि केही उडान चाहिँ गर्न पाइन्छ। 'अन्तर्राष्ट्रिय हकमा कार्गो र मेडिकल चार्डर्ट उडान हुन्। यात्रुका लागि चार्डर्ट गर्न थाल्ने हो भने उडान गराउन राज्यले ठूलै संयन्त्र परिचालित गर्नुपर्ने हुन्छ।' त्यो कारणले यात्रु उडानको कुरा नगरिएको हो।

अत्यावश्यक भएर कुनै मेडिकल चार्टर्ड नै गर्नुपर्ने अवस्थामा त्यो चाहिँ हुन्छ, लामिछनेले भने। त्यसबाहेक नेपाल र भारतबीच 'एअर बबल स्कीम' अन्तर्गत हप्तामा दुई वटा उडान गर्न पाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सहमतिअनुसार हप्तामा एक दिन नेपाल वायुसेवा निगमले र अर्को दिन एअर इन्डियाले काठमाण्डू र दिल्लीबीच दुईतर्फी उडान गर्न पाउनेछन्। त्यसरी हुने उडानमार्फत नेपाली र भारतीय नागरिकबाहेक तेस्रो मुलुकका व्यक्तिले यात्रा गर्न नपाउने मन्त्रालयले जनाएको छ।

आन्तरिक उडानको हकमा चार्टर्ड गर्ने हैसियत भएकाले सजिलै पाउने कतिपयले आरोप लगाइरहँदा त्यसो गर्न पाउने अवस्था नरहेको अधिकारीहरू बताउँछन्। "आन्तरिकको हकमा हिमालमा रहेका पर्यटकहरूका लागि र उनीहरूलाई चाहिने सामान ढुवानीका लागि चार्टर्ड उडान हुन्छ," सह-सचिव लामिछानेले भने।"आवश्यकताअनुसार उद्धार उडान सधैँ भइरहन्छ। त्योबाहेक अरू उडान चाहिँ हुँदैन।|

हवाईयात्रीका लागि शर्त

  • हवाई मार्गबाट नेपाल आउने विदेशी नागरिकले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टा भित्रको कोभिड नेगेटिभ रिपोर्ट र १० दिन अनिवार्य होटेल क्वारन्टीनमा बस्ने गरी होटेल बुक गरेको प्रमाण पेस गर्नुपर्छ।
  • भारतबाट नेपाल आउने यात्रुको हकमा सरकारले १० दिने क्वारन्टीनका लागि काठमाण्डूस्थित आठ वटा होटेलहरू सूचीकृत गरेको छ।
  • हवाई मार्गबाट आउने नेपाली नागरिकले पनि त्यस्तै रिपोर्ट पेस गर्नुपर्ने र १० दिन अनिवार्य होटेल अथवा होम क्वारन्टीन बस्नुपर्ने मन्त्रालयले जनाएको छ।
  • यात्रुहरूले १० दिने क्वारन्टीनसम्बन्धी नियमको पालना नगरेको पाइएमा आवश्यक कानुनी कारबाही गरिने नागरिक उड्डयन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।
  • कोरोनाभाइरस महामारी सुरु हुँदा अघिल्लो वर्षको चैत १० गतेदेखि नेपाल सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू स्थगन गरेको थियो।
  • सङ्क्रमणमा कमी आएसँगै गत वर्षको भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडानहरू फेरि सञ्चालनमा ल्याइएको थियो।

सीमा नाकाको हकमा के ?
सरकारको हालैको निर्णयबमोजिम हाल नेपाल-भारतबीच १३ वटा नाका मात्रै सञ्चालनमा छन्। त्यसरी सञ्चालनमा रहेका नाकामा काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका छन्।

गृह मन्त्रालयका अनुसार बाँकी २२ वटा नाका चाहिँ हाल पूर्ण रूपमा बन्द छन्। खुला रहेका नाकामार्फत पनि निर्बाध आवतजावत गर्न नदिइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

मन्त्रालयका उप-सचिव एवम्‌ सूचना अधिकारी खुमकान्त आचार्यका अनुसार सीमा नाका भएर नेपाल प्रवेश गर्ने नेपाली नागरिकले एन्टीजन परीक्षण गराउनुपर्ने र रिपोर्ट नआउन्जेल होल्डिङ सेन्टरमा बस्नुपर्ने हुन्छ। 'रिपोर्ट आएपछि अनिवार्य १० दिन होटेल अथवा होम क्वारन्टीनमा बस्नुपर्ने हुन्छ,' उनले भने।

त्यस्तै सीमा नाकाबाट आउने भारतीय नागरिकले स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोरोनाभाइरसको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने र क्वारन्टीनसम्बन्धी नेपाल सरकारले लागु गरेका नियमको पालना गर्नुपर्ने आचार्य बताउँछन्।

उनका अनुसार अत्यावश्यक कामबाहेक मानिसहरूलाई आवतजावतका लागि निरुत्साहित गरिएको छ। गृह मन्त्रालयका अनुसार सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनहरूले देशका ६० जिल्लामा प्रतिबन्धात्मक आदेश जारी गरेका छन्। (बीबीसी नेपाली)