१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कोभिड संक्रमितका लागि डोर-टु-डोर स्वास्थ्य सेवा सञ्चाल गर्छौ- सूचना मन्त्री पार्वत गुरुङ (भिडियो सहित)

कोभिड संक्रमितका लागि डोर-टु-डोर स्वास्थ्य सेवा सञ्चाल गर्छौ- सूचना मन्त्री पार्वत गुरुङ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिन भित्र नै कोभिड संक्रमितका लागि सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चाल गर्ने बताउनुभएको छ । छैटौ पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरि स्वास्थ्य सेवा सञ्चालन गरिने बताउनुभएको हो । 

उहाँले कसैलाई पनि कुनै पनि खाद्यपदार्थको अभाव हुन नदिने गरि स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि डोर टु डोर सेवा सञ्चाल गरिने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो “परिवार नै कोभिड संक्रमण देखिएको छ । आफन्त छैनन् सबै आइसोलेसनमा छन् भने  हामी डोर टु डोर सेवा दिने मेडिकल टिम सहितको गाडी दौडिने छ । त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्ने छ ।”

उहाँले महामारीको समयमा संञ्चारगृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न सुझाव दिनुभयो । मान्छेहरुलाई त्रसित र निरास बनाउने किसिमका समाचार सम्प्रेषण हुने गरेको भन्दै उहाँले छिटै नै मन्त्रालयले सञ्चारगृहहरुलाई गाईडलाइन्स बनाएर परिपत्र गर्ने तयारी गरिरहेको बताउनुभयो । त्यसका लागि सबै सञ्चारगृहलाई समावेश गरि मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कोभिडबाट सकियो अब केही छैन । अक्सिजन छैन । बेड छैन । सिलिण्डर छैन । आईसियु छैन । बेडको बारेमा अब तपाईहरुले चिन्ता नगर्नुहोस् । स्वास्थ्य मन्त्रालयले पनि तुरुन्तै अभाव के रह्यो भनेर टेलिफोनहरुको व्यवस्थापन गरेको छ । त्यसमा सम्पर्क गर्ने । ”

उहाँले मन्त्रालयले घोषणा गरेको सम्मान तथा पुरस्कारमा सन्तुलन र समावेशी नहुनपनि सक्ने उल्ल्लेख गर्दै कुनै पनि विषय विवादरहित हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “सबैमा सन्तुलन नहुन सक्छ । सबै हामीले सोचे जस्तो समावेशी नहुन सक्ला तैपनि हामीले सबैको भावनालाई प्रतिनिधित्व हुनेगरि गरेका छौ । हामी विवाद रहित त कहिलेही पनि हुनसक्क्तैनौ ।” जुनसुकै कुराको पनि विरोध गर्ने र आलोचना गर्ने संस्कार रहेको भन्दै समाचार विक्रि गर्ने सोचमा नभई समाजलाई सकारात्मक परिर्वतन गर्नुको साथै वर्तमान अवस्थामा कोभिड मुक्त बनाउने सोचमा अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कोभिड रोकथाम तथा नियन्त्रणका कार्यहरुमा सरकारले सबैसंग समन्वय गरेर जानुपर्ने बताउनुभयो ।