११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध पाकिस्तानको यो टिम उत्रनेछ मैदानमा



अ+ अ-

काठमाडौँ । आजदेखि सुरु हुने एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालले इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । ओडिआई क्रिकेट वरीयतामा शीर्षस्थानमा रहेको पाकिस्तानविरुद्धको खेल नेपालका लागि दबाबपूर्ण रहनेछ ।

पाकिस्तान आईसीसीको एकदिवसीय वरियतामा नम्बर १ टोली हो । एसिया कप भन्दा ठीक अघि टोलीले श्रीलंकामा अफगानिस्तान विरुद्धको एकदिवसीय शृंखला ३–० ले जितेको थियो । टोलीका शीर्ष ३ ब्याट्सम्यान इमाम–उल–हक, फखर जमान र बाबर आजमले २०१९ एकदिवसीय विश्वकपपछि १६ शतक बनाएका छन् । जुन यस अवधिमा बाँकी देशको टप–३ को तुलनामा सबैभन्दा बढी हो ।

पाकिस्तानको सामूहिक पेस बलिङ आक्रमण हाल विश्वको सबैभन्दा छिटो बलिङ आक्रमण रहेको छ । शाहीन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ तीनै जनाले १४५ किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा बलिङ गर्न सक्छन् । उनीहरुको अतिरिक्त गतिले टोलीलाई फाइदा पुर्‍याउन सक्छ ।

नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा मुल्तान क्रिकेट रंगशालामा नेपालले पाकिस्तानविरुद्ध ऐतिहासिक खेल खेल्नेछ ।

पाकिस्तानले मंगलबार साँझ नै नेपालविरुद्ध उत्रने प्लेइङ–११ सार्वजनिक गरिसकेको छ । बाबर आजमको कप्तानीमा रहेको टोलीमा मोहम्मद रिजवान, फखर जमान, इमाम उल हक लगायत छन् ।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११

फखार जमान, इमाम उल हक, बाबर आजम ९कप्तान०, मोहम्मद रिजवान ९विकेटकिपर०, अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।