१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कालिमाटी तरकारी बजारकोे व्यापारमा ५० प्रतिशत गिरावट(फोटो फिचर )

कालिमाटी तरकारी बजारकोे व्यापारमा ५० प्रतिशत गिरावट(फोटो  फिचर )
अ अ+ अ-

काठमाडौ ।  सरकारले कोभिड १९ रोकथामका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ । 


निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ । सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रिको कारोबार र मुल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि हस आएको हो । तरकारी कम आएको भएपनि मुल्य भने बढेको छैन ।

सामान्यतया तरकारी कम आउने वित्तिकै बिक्रि मुल्य बढ्ने भएपनि यसपटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमि आएकाले मुल्यमा पनि गिरावट आएको हो । तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ताहरुको पनि संख्यामा ५० प्रतिशतले कमि आएको छ । सर्वसाधरणलाई हिडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रिका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमि आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका सहायक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झण्डै ५०प्रतिशतले गिरावट आएको बताउनुभयो । उहाँले सामान्य अवस्थामा झण्डै ९ सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टन मा झरेको बताउनुभयो ।

अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौका लगायत सिजन तरकारीहरु नेपाली उत्पादनका आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ । समितिले स्थानीय तहसंगको समन्वयनमा जुन सुकै समयमा कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ ।

तर खरिद विक्रिका लागि भने राती १ बजे देखि बिहान ९ बजेसम्मको समय तोकेको छ । यसअघि कालिमाटी बजारमा राती ३ बजे देखि किसान तथा व्यवसायीले तरकारी ल्याउने गरेका थिए । किसान, उत्पादक तथा व्यवसायीले खरिद बिक्रिका लागि रातीको समय लम्ब्याएको भएपनि समयमै तरकारी आउन नसकेको व्यापारीको गुनासो छ ।

२०५२ साल देखि कालिमाटी तरकारी बजारमा तरकारी बेच्दै आएका व्यापारी शिवकृष्ण खड्कीले हरियो तरकारी समयमै बेच्न नसक्दा बिग्रिएर कुहिने  भएकाले तरकारी खरिद बिक्रिका लागि समय निर्धारण गरिनु दुखद भएको प्रतिक्रिया दिनुभयो । उहाँले निषेधाज्ञापछि हरियो तरकारीको मुल्यमा ५० प्रतिशतले कमि आएको र खरिदका लागि आउने व्यापारी र उपभोक्तामा पनि कमि आएको बताउनुभयो ।  

यसैबीच,कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कोभिड महामारीबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालनामा सहजीकरण गर्ने अभियान स्वरुप सूचना प्रकाशन, माईकिङ गरेर भीडभाड नगर्न र दुरी कायम गर्न सचेत गराउने काम पनि गर्दै आएको छ ।

समितिले बजार भित्र ठाउँमा स्वास्थ्य सर्तकता मापदण्ड अपनाउ आग्रह गर्दे पम्प्लेट टाँसेको छ । त्यसैगरी साबुन पानीले हात धुने व्यवस्था पनि मिलाएको छ ।