काठमाडौ । सरकारले बजेट अधिबेशन तत्काल आव्हान गर्ने भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले बैशाख ३० गते बजेट अधिबेशन आव्हान गर्न राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
बैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिशभाबाट विश्वासको मतको लिने प्रक्रिया सम्पन्न भएपछि बिशेष अधिवेशन सकिने र ३० गते बाट बजेट अधिबेशन सुरु गर्ने तयारी सरकारले गरेको हो । सबिधान अनुसार जेष्ठ १५ गते गणतन्त्र दिवसका दिन नै बजेट पेश गर्नुपर्ने अबस्था छ ।








