• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रुपमा उक्रन्छुः सभापति खान



काठमाडौँ । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापति अब्दुल खानले उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रुपमा लाग्ने बताउनुभएको छ ।

सोमवार समिति सभापतिमा सर्वसहमत निर्वाचित भएपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । उहाँले सबै भन्दा पहिला उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता क्षेत्रका समस्याको अपडेट लिने बताउनु भयो ।

उहाँले समस्याहरुको अपडेट लिए पश्चात मन्त्री र वा कर्मचारीहरुबाट वा विषयगत समस्याको जरो उखेल्नेतर्फ लाग्ने बताउनु भयो। उहाँले सरकारलाई जवाफदेही,उत्तरदायी र जनता प्रति इमानदारी बनाउने काममा खरो रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले समिति सभापति भएर गल्ती भए सबैले खबदारी गर्न पनि आग्रह गर्नुभयो। उहाँले देश र जनताको लागि समितिबाट गर्ने सक्ने काम गर्ने उद्देश्य लिएर लाग्ने बताउनु भयो ।