• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

क्युवाका ५८ वर्षीय पार्कर खेलाडी ७ महिनामै स्टार बने



एजेन्सी । क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन् ।

पार्कर खेल सन् १९८० मा फ्रान्सबाट शुरु भएको थियो । खेलमा आफ्नो कलामार्फत प्राकृतिक वातावणीय अवरोध पार गर्दै एक ठाउँबाट अर्को ठाउँमा सर्नु पर्ने हुन्छ । शुरुमा आफू धेरै वृद्ध भइसकेकाले नसकिने हो की भन्ने सोच आएपनि अभ्यास गर्दै गएपछि सहज बन्दै गएको बताउनु भयो ।

उहाँले उमेर मुख्य बाधक बन्न नसक्ने भन्दै आफूलाई आत्मबलले भरिपूर्ण गर्ने हो भने खेलबाट स्वस्थ जीवन जिउन सकिने बताउनु भयो । उहाँको शारीरिक स्वस्थतासँग अहिले देश त्था विदेशका धेरै जना लोभिएका छन् । ७ महिनाअघि मात्र भिडियो हेरेर र पढेर पार्करमा लाग्नुभएको थियो ।

उहाँले आफ्ना भिडियो सामाजिक सञ्जालमा पनि राख्ने गर्नुहुन्छ । सामाजिक सञ्जालमा अहिले उहाँलाई फलो गर्नेहरुको संख्या ५० हजार बढी रहेको बताउनु भयो ।