२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्युवाका ५८ वर्षीय पार्कर खेलाडी ७ महिनामै स्टार बने



अ+ अ-

एजेन्सी । क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन् ।

पार्कर खेल सन् १९८० मा फ्रान्सबाट शुरु भएको थियो । खेलमा आफ्नो कलामार्फत प्राकृतिक वातावणीय अवरोध पार गर्दै एक ठाउँबाट अर्को ठाउँमा सर्नु पर्ने हुन्छ । शुरुमा आफू धेरै वृद्ध भइसकेकाले नसकिने हो की भन्ने सोच आएपनि अभ्यास गर्दै गएपछि सहज बन्दै गएको बताउनु भयो ।

उहाँले उमेर मुख्य बाधक बन्न नसक्ने भन्दै आफूलाई आत्मबलले भरिपूर्ण गर्ने हो भने खेलबाट स्वस्थ जीवन जिउन सकिने बताउनु भयो । उहाँको शारीरिक स्वस्थतासँग अहिले देश त्था विदेशका धेरै जना लोभिएका छन् । ७ महिनाअघि मात्र भिडियो हेरेर र पढेर पार्करमा लाग्नुभएको थियो ।

उहाँले आफ्ना भिडियो सामाजिक सञ्जालमा पनि राख्ने गर्नुहुन्छ । सामाजिक सञ्जालमा अहिले उहाँलाई फलो गर्नेहरुको संख्या ५० हजार बढी रहेको बताउनु भयो ।