२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपको लागि निकै उत्साहित छु: सन्दीप लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेले आफू एसिया कपको लागि उत्साहित रहेको बताएका छन् । सोमबार एसिया कपको लागि पाकिस्तान उडेका सन्दीपले प्लेनभित्रको तस्बिर सामाजिक सञ्जालमा हाल्दै यस्तो बताएका हुन् ।

‘अफ टु पाकिस्तान । यसअघि पनि पाकिस्तानमा हुँदाका धेरै राम्रा सम्झनाहरू छन् । एसिया कपको लागि साँच्चै उत्साहित र उत्सुक छु । नेपाल खेलकुद परिषद्का सदस्य सचिव श्री टंकलाल घिसिङ सरलाई विशेष धन्यवाद । सम्पुर्ण शुभचिन्तकहरुमा धेरै धेरै माया । जय नेपाल ।’, सन्दीपले लेखेका छन् ।

सन्दीप एसिया कप–२०२३ का लागि कतारको दोहा हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेका हुन् । सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि उनको पाकिस्तान जाने बाटो खुलेको थियो ।

नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ। तर, सन्दीप भने बिरामी भएका कारण देखाउँदै नेपाल क्रिकेट संघ ९क्यान०ले टोलीसँगै लगेको थिएन ।

सन्दीपलाई उनका सर्मथकहरुले विमानस्थल पुगेर भव्य विदाई गरेका थिए । पहिलोपटक एसिया कपमा छनोट भएको नेपाल समूह ‘ए’मा रहेको छ । जसमा दुई महारथी पूर्व विश्व च्याम्पियन भारत र पाकिस्तानसमेत छन् । नेपालले १३ भदौमा पाकिस्तानसँग उद्घाटन खेल खेल्नेछ  । यस्तै, १८ भदौमा भारतको सामना गर्नेछ ।

https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/856012152561389?ref=embed_post