११ असार २०८३, बिहीबार
,
Latest
विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विद्यालय सिफारिस



अ+ अ-

काठमाडौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस भएका छन् । जिल्लाका १२ वटै स्थानीय तहबाट आवेदन परेका ती विद्यालयललाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी वसन्तबहादुर सिंहले बताउनुभयो ।  

तलकोट गाउँपालिकाका, १८ खप्तडछान्नाका २२, छविसपाथि भेराका २७, मष्टाका २२, बुङ्गलका ४०, सुर्माका ११, थलारा गाउँपालिकाका २३, जयपृथ्वी नगरपालिकाका १२, दुर्गाथली गाउँपालिकाका ४, केदारस्युका ४१, वित्थडचिरका ५ र साइपाल गाउँपालिकाका तीन विद्यालय सिफारिस गरिएका हुन् ।

आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्र पठाइएको सूचना अधिकारी सिंहले बताउनुभयो । उक्त कार्यक्रममा सफल विद्यालयमा दुईकोठे-चारकोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

अहिले सिफारिस गरेर पठाएका विद्यालयमा अधिकांसले विद्यालयको भवन निर्माण, शौचालय निर्माण, घेरबार, ल्याब स्थापनाको माग गरेका छन् ।