१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप जारी

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप जारी
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । 

सनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकले आगामी सोमबार आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । साथै बैठकले मुलुकलाई असफलताबाट बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न संसदका सबै राजनीतिक दलहरुलाई पनि आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “संसदीय दलको बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २१ गतेको बैठकले सर्वसम्मतले पारित प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अनुमोदन गर्दछ । प्रतिनिधिसभाको आसन्न अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली माथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने तथा नेपाली कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्ने निर्णय गरेको छ । साथै प्रधानमन्त्री ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्नका लागि संसदका सबै राजनीतिक दलहरुलाई हामी आग्रह गर्दछु । ”
कांग्रेसको चैत्र २१ गतेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओली प्रशासनिक, संबैधानिक र राजनीतिक रुपले असफल भएको भन्दै तत्काल आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसका लागि अन्य राजनीति दलसंग छलफल परामर्श गर्ने निर्णय गरेको थियो ।

बैठकले कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रन नदिनका लागि पर्याप्त समय भएपनि सरकारले त्यसतर्फ पहल नगरेको निष्कर्षका साथ वर्तमान अवस्था निम्तनुमा सरकार दोषी भएको ठहर गरेको छ । दोश्रो लहरबाट आम नागरिक प्रभावित भएको तथा संक्रमितहरुले औषधी उपचार, अक्सिजन , आईसियु नपाएर ज्यान गुमाईरहेकाले कोभिड व्यवस्थापन र आम नागरिकको जीवन रक्षा गर्र्ने कार्यमा सरकार असफल भईसकेको निष्कर्ष निकालेको छ । बैठकले भ्याक्सिन आयातमा भएको अनियमितताको अध्यन गरि दोषीलाई कारवाही गर्न माग गरेको छ ।

प्रमुख सचेतक खाँडले भन्नुभयो “भ्याक्सिनको आयातमा अनियमितता गरिएको छ । यो जघन्य अपराध हो । भ्याक्सिन नल्याएका कारणले सयौ हजारौ मान्छेको जीवन जान्छ । यो अपराधिक काम सरकारले गरेको छ । यसको अबिलम्ब खोजबिन गरि जिम्मेबार व्यक्तिलाई कारवाही गरियोस् । हामी अन्तराष्ट्रिय कमिनिटी र कोभिड भ्याक्सिन कम्पनीरुहरुलाई भ्याक्सिन उपलब्ध गराउन अनुरोध गर्न चाहन्छौ । यो महामारीमा नेपाली कांग्रेस अत्यन्तै गम्भीर र संवदेनशिल छ । ”

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सबैधानिक परिषद्को गरिमालाई समाप्त गर्ने गरि परिषद्को कार्यक्षेत्रलाई संकुचन गर्दे, संविधानको मर्यादा विपरित संबैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश ल्याएकाले संबैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश अन्र्तगत हुने बैठकमा पनि नेपाली कांग्रेस संसदीय दलको नेताले भाग नलिने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी अन्य सदस्यलाई पनि परिषद्को बैठकमा भाग नलिन कांग्रेसले आग्रह गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासलाई एउटा पार्टीको कार्यालय जस्तो बनाएको भन्दै राष्ट्रपति जस्तो गरिमामय पदलाई आलोच्य नबनाउन पनि आग्रह गरेको छ ।