• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

केन चम्किँदा बायर्नको लगातार दोस्रो जित



एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले अग्सवर्गलाई ३–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । एक गोल भने बायर्नले उपहारस्वरुप पायो । खेलको ३२ औं मिनेटमा अग्सवर्गका फेलिक्स उडोखईले आत्मघाती गोल गरेपछि खेलमा बायर्नले अग्रता लियो ।

४० औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नको अग्रता ३–० ले बढाए ।

यता, ८६ औं मिनेटमा डिओन ड्रेना बेल्जोले गोल फर्काएपनि अग्सवर्गका लागि सान्त्वना गोल बन्यो । बायर्नको यो लगातार दोस्रो जित हो । टोली ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अग्सवर्ग १ अंकका साथ ११ औं स्थानमा छ ।