• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

म्यान्चेस्टर सिटीको रोमाञ्चक जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा सिटीले शेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गरेको हो ।

सिटीको जितमा एर्लिङ हालाण्ड र रोड्रीले एक–एक गोल गरे । शेफिल्डका जेडन बोग्लेले एक गोल फर्काए । खेलको ३७ औं मिनेटमा सिटीले अग्रता बनाउने अवसर गुमाएको थियो ।

हालाण्ड पेनाल्टीमा गोल गर्न चुके । तर, ६३ औं मिनेटमा गोल गर्दै उनले पेनाल्टीमा खेर फालेको अवसर पूर्ति गरे । ज्याक ग्रिलिसले उपलब्ध गराएको क्रसलाई उनले हेडरमार्फत गोल गरेका हुन् ।

८५ औं मिनेटमा जेडनले गोेल गर्दै शेफिल्डलाई १–१ को बराबरीमा ल्याएका थिए । तर, ८८ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

जितसँगै लगातार तिन खेलमा जित निकालेको सिटी ९ अंकका साथ शीर्षस्थानमा रहेको छ । शेफिल्ड ३ खेलबाट अंकविहिन रहँदै १७ औं स्थानमा छ ।