२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

घरमा बसेर यसरी उपचार गर्न सकिन्छ कोरोना संक्रमणको

घरमा बसेर यसरी उपचार गर्न सकिन्छ कोरोना संक्रमणको
अ अ+ अ-

काठमाडौं । कोरोनाको दोस्रो लहरले भारतमा ताण्डव मच्चिरहेको छ । नेपालमा पनि दैनिक रुपमा कोरोनाका संक्रमित बढ्ने क्रम जारी छ । दोस्रो चरणमा कोरोनाको संक्रमण अत्यधिक तीब्र गतिमा फैलिरहेको छ । कोरोनाको गम्भीर मामिलामा बिरामीलाई अस्पताल भर्ना गर्नुपर्छ तर हल्का वा मध्यम मामिलामा घरमा बसेर नै यसको उपचार गर्न सकिन्छ । यसलाई होम आइसोलेशन पनि भनिन्छ । होम आइसोलेशनमा बिरामीले आफूलाई घरका अन्य सदस्यभन्दा अलग राखेर आफ्नो उपचार गराउने गर्छन् । कोरोनाका बिरामीले घरमा बसेर कसरी निको हुन सकिन्छ भन्ने जानकारी लिऔं ।

होम आइसोलेशनका लागि आवश्यक नियमः
होम आइसोलेशनका लागि कोरोनका बिरामीका लागि घरमा छुट्टै र हावा पास हुने कोठा हुन आवश्यक छ । बिरामीका लागि छुट्टै शौचालय हुनुपर्छ । बिरामीको २४ सै घण्टा हेरविचार गर्नका लागि कोही न कोही उपलब्ध हुनुपर्छ । ध्यान दिनुपर्ने कुरा के छ भने होम आइसोलेशनमा बसिरहेका बिरामीको लक्षण गम्भीर हुनुहुँदैन । गम्भीर हुँदा बिरामीलाई अस्पतालमा भर्ना हुन सल्लाह दिइन्छ ।

होम आइसोलेशनमा बिरामीले के गर्नुपर्छ ?

बिरामीले आफ्नो कोठाको झ्याल खुल्ला राख्नुपर्छ । बिरामीले जतिबेला पनि तीन तह भएको मास्क लगाउनुपर्छ  र यसलाई हरेक ६–८ घण्टामा फेर्नुपर्छ । साबुन र पानीले ४० सेकेन्डसम्म हात धुनुपर्छ । धेरै छोइने सतहलाई सकेसम्म नछुने । आफ्नो भाँडा, तौलिया, तन्ना, कपडा नितान्त भिन्न राख्नुहोस् र अरुलाई प्रयोग गर्न नदिनुहोस् ।

घरमा बसिरहेका बिरामीले दिनमा दुई पटक आफ्नो ज्वरो र अक्सिजनको स्तर परीक्षण गर्नुपर्छ । शरीरको तापक्रम सय फरेनहाइटभन्दा बढी हुनुहुँदैन । यस्तै अक्सिमिटरबाट अक्सिजनको स्तर हेर्नुहोस् । क्उइद्द  रेट ९४ प्रतिशतभन्दा कम नहोस् । यदि तपाईंलाई अन्य कुनै रोग लागेको छ भने त्यसको उपचार पनि सँगसँगै लैजानुहोस् । आइसोलेशनमा हुँदा धुम्रपान, मद्यपान र कुनै नशालु चिजको सेवन फिटिक्कै नगर्नुहोस् ।  डाक्टरको सल्लाहको पालना गर्नुहोस् र नियमित रुपमा औषधी लिनुहोस् ।

कस्तो होस् डाइट ?

कोरोना बिरामीले घरमा बनेको ताजा र सादा भोजन गर्नुपर्छ । मौसमी, रङ्गीबिरङ्गी र सुन्तलालगायतका ताजा फलफूल र गेडागुडी, दाललगायत प्रोटिनले भरपुर आहार लिनुहोस् । खानामा अदुवा, लसुन र बेसारजस्ता मसला प्रयोग गर्नुहोस् । दिनमा दैनिक ८–१० गिलास पानी पिउनुहोस् ।

लो फ्याटयुक्त दुध र दही खानुहोस् । मांसाहारीले छाला बिनाको कुखुराको मासु, माछा र अण्डाको सेतो भाग खानुहोस् । केही पनि खानु अघि त्यसलाई राम्रोसँग धुनुहोस् । कोरोनाका बिरामीको खाना कम कोलेस्ट्रोलयुक्त तेलमा पकाउनुपर्छ ।

के नखाने ?

कोरोनाका बिरामीले मैदा, तारेको खाना र जंक फूड खानुहुँदैन । चिप्स, प्याकेट जुस, कोल्ड डिङङ्क्स, चिज, नौनी, तारेको खसीको मासु, प्रोसेस्ड मिट र पाम ओयलजस्ता अनस्याचुरेटेड फ्याटबाट टाढै रहनुपर्छ । अण्डाको पहेँलो भाग हप्ताको एकपटक मात्रै खानुहोस् । हप्तामा मांसहारी खाना दुईदेखि तीनपटक भन्दा बढी नखानुहोस् ।

होम आइसोलेशनको अवधिः

साधारणतया होम आइसोलेशनको अवधि १४ दिनसम्म हुन्छ । यसद बिरामीलाई अन्तिम १० दिनमा ज्वरो वा अन्य कुनै लक्षण देखिएन भने डाक्टरसँगको सम्पर्क पश्चात् होम आइसोलेशनबाट निस्कन सक्नुहुन्छ ।

ध्यानमा राख्नुहोस् यी कुराः

कोरोना भाइरसले शरीरका साथै बिरामीलाई मानसिक रुपमा पनि कमजोर बनाइदिन्छ । त्यसैले उपचारका बेला बिरामीले आफ्नो मानसिक स्वास्थ्यबारे पनि पूरा ध्यान राख्नुपर्छ । तपाईं होम आइसोलेशनमा बस्दा पनि फोन र भिडियो कलमार्फत् आफ्ना साथी र आफन्तलाई सम्पर्क गर्न सक्नुहुन्छ । यतिबेला आफूलाई मन परेको किताब पढ्नुहोस् । मोबाइलमा मनपर्ने शो हेर्नुका साथै हल्का फुल्का गेम पनि खेल्न सक्नुहुन्छ ।  आफूलाई धेरै दबाबमा नपार्नुहोस् र पर्याप्त आराम लिनुहोस् ।

यी लक्षणमा पनि विचार गर्नुहोस्ः

होम आइसोलेशनमा बसिरहेका बिरामीले केही अन्य लक्षणमा पनि ध्यान दिनुपर्छ । ज्वरोका साथै सास फेर्न गाह्रो हुने, छातीमा लगातार पीडा हुनु वा दबाब हुनु, मानसिक भ्रम हुनु, ओठ वा अनुहार निलो हुनु जस्ता लक्षण देखिँदा आफ्नो डाक्टरसँग तुरुन्तै सम्पर्क गर्नुहोस् ।

घरका सदस्यले यी कुरालाई ध्यानमा राख्नुपर्नेः

यदि घरमा कुनै कोरोनाका बिरामी छन् भने २४ देखि ५० वर्षका कुनै पनि व्यक्तिले उनीहरुको हेरविचार गर्न सक्छन् । हेरविचार गर्ने व्यक्ति शारीरिक रुपमा स्वस्थ हुनुपर्छ । बिरामीको हेरविचार गरिरहेका व्यक्तिमा क्यान्सर, दम, सास फेर्न समस्या, मधुमेश वा उच्च रक्तचापजस्ता कुनै गम्भीर रोग लाग्नु हुँदैन ।

बिरामीको हेरविचार गर्दै गर्दा सधैं तीन तह भएको मास्क, डिस्पोजेबल ग्लव्स र एउटा प्लास्टिक एप्रोन प्रयोग गर्नुहोस् । एप्रोनलाई सधैं सोडियम हाइपोक्लोराइटले सफा गर्नुहोस् । हात नधोइकन आफ्नो नाक, मुख र अनुहार नछुनुहोस् ।

शौचालय जानु अघि र पछि, खाना बनाउनु अघि र पछि आफ्नो हात राम्रोसँग धुनुहोस् । बिरामीको र्‍याल, थूक र हाँच्छिउको सीधा सम्पर्कमा आउनबाट जोगिनुहोस् । बिरामीले प्रयोग गरेका कुनै पनि वस्तु नछुनुहोस् । बिरामीलाई खाना दिने बेला उनको सिधा सम्पर्कमा नआउनुहोस् । खाना कुनै स्टुल वा टेबलमा राखिदिनुहोस् । बिरामीद्वारा प्रयोग भाँडा उठाउने बेला डिस्पोजेबल ग्लव्स लगाउनुहोस् ।  

बिरामीको कोठा, शौचालयको सतहलाई हरेक दिन स्यानिटाइज गर्नुहोस् ।