९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमितका लागि हेल्लो डाक्टर सेवा, भाइबरमा यो नम्बरबाट परामर्श लिन सकिने



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ । महासङ्घले यस अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आइतबारदेखि हेल्लो डाक्टरको सेवा सुरु गर्न लागेको हो । यसमा भाइबरको सहकार्य रहेको छ भने डाक्टर अनुरोधका आधारमा चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् ।

कोभिड सङ्क्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिनसक्ने महासङ्घले जनाएको छ । हेल्लो डाक्टर भाइबरमार्फत कोभिड सङ्क्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने महासङ्घले जनाएको छ ।
प्रारम्भमा पाँच जना डाक्टरबाट परामर्श थालनी गरिनेछ । 

त्यसका लागि बिहान ९ः०० देखि १२ः०० बजेसम्म र दिउसो ३ः०० देखि ६ः०० बजेसम्मका लागि समय निर्धारण गरिएको छ । नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ ।

त्यसपछि डाक्टरहरूले भिडियो कलमार्फत बिरामीसँग संवाद गरी परामर्श दिनेछन् । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने र देशैभरका सबै सङ्क्रमितले लिनसक्ने जनाइएको छ । गोरखापत्र दैनिकमा छ ।