७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरलाई पनि आवश्यक छ: गभर्नर



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताउनुभएको हो । उहाँले वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताउनु भयो । यस्तै राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंक भित्र रहेका धेरै सेवाबारे बैंकर स्वयंलाई पनि आवश्यक जानकारी नभएको बताउनु भयो ।

गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको बताउनु भयो । कारोबारलाई पारदर्शी बनाउने भएकोले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन अनुरोध गर्नुभयो । आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भएपनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताउनु भयो । उद्योगी व्यवसायी, बैंक, व्यवसाय तथा सर्वसाधारण सबैको मनोबल कमजोर भएकोले सरकार र राष्ट्र बैंकले ठोस कार्यक्रम ल्याएर वातावरण बनाउनुपर्ने बताउनु भयो । अहिले नै पहलकदमी लिएर काम अगाडी बढाउन नसके पछुताउनु पर्ने दिन आउने पनि बताउनु भयो । अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले अग्रसरता लिन आर्थिक गतिविधि चलायमान बनाउन ढिलो गर्न नहुने बताउनु भयो ।

अध्यक्ष ढकालले पछिल्लो समय बैंकबाट लिएको ऋण तिर्दिन भन्ने समूहले फैलाएको नकारात्मक सन्देशले बैंकप्रति नकारात्मक धारणा र अराजकता बढेकोले सबैले सामुहिक रुपमा यस्ता क्रियाकलापलाइ निस्तेज पर्नुपर्ने बताउनु भयो ।