४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति आर्यघाटमा अभिनेता सानु ताम्राकारको अन्तिम संस्कार



अ+ अ-

काठमाडौँ। अभिनेता सानु ताम्राकार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

शनिबार निधन भएका उहाँको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । ७५ वर्षीय उहाँको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उहाँको निधन भएको थियो। ताम्राकार मृगौलामा समस्याबाट पीडित हुनुहुन्थ्यो ।

शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गर्नुभएको थियो । उहाँको निधनसँगै पुत्र वियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिनाअघि उहाँका छोरा तथा अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका थिए।