काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा बस्ने तय भएको छ।
भोली सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि प्रतिनिधि सभा बैठक बस्दैछ। सोही बैठक तयारीका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेको बताईएको हो ।
२६ जना सांसद कोरोना संक्रमित भएकोले प्रतिनिधि सभा बैठकमा कसरी सहभागी गराउने भन्नेबारे पनि बैठकमा छलफल हुने बताईएको छ।








