१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

स्वास्थ्य मन्त्रालयको निर्णयले उपचाररत कोभिड बिरामीले अक्सिजन नपाउने त्रास, अफिनको आपत्ति

स्वास्थ्य मन्त्रालयको निर्णयले उपचाररत कोभिड बिरामीले अक्सिजन नपाउने त्रास, अफिनको आपत्ति
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य मन्त्रालयको एउटा निर्णयका कारण कोभिड संक्रमणको लडाई आफ्नै लडिरहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पर्नसक्ने देखिएको छ । 

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर भरी बिक्री वितरण नगर्न अक्सिजन उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीहरुलाई निर्देशन दिएपछि यसले निजी अस्पतालमा उपाचाररत बिरामीहरु मर्कामा पर्ने देखिएको हो । 

मन्त्रालयको यो निर्णयप्रति आपत्ति जनाउँदै एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल(अफिन)का महासचिव हेमराज दाहालले कसैको सहयोग, कुनै पनि निकायको अनुदानबिना आफ्नै बलबुताले कोभिड संक्रमितको उपचारको व्यवस्थापन गरिरहेका अस्पतालहरुले स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयका कारण चाहेर पनि बिरामी लिन नसक्ने अवस्था आउनसक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् । 

अहिले काठमाण्डौका सबै निजी अस्पतालहरुले कोभिड अस्पतालको रुपमा सेवा रुपान्तरण गरिरहेका छन् । अस्पतालमा भर्ना भएकामध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन अनिवार्य छ । यस्तो अवस्थामा अक्सिजनको आपूर्ति नै गडबड हुने गरी मन्त्रालयले निर्णय गरेकोमा निजी अस्पताल संचालकहरु अचम्भित छन् । 

‘नागरिकको स्वास्थ्य अधिकारका लागि निजी क्षेत्रले सधैं राज्यसँग हातेमालो गर्दै आएको छ । हामी पनि कोरोना संक्रमितको उपचारमा बलबुताले भ्याएसम्म तल्लीन छौं ।’ महासचिव दाहालले भने–‘जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरुले निजी क्षेत्रको अस्पतालसँग समन्वय गर्नुपर्यो भनिरहनुभएको छ, त्यो भइरहेको पनि छ । तर केन्द्रले भने यस्तो महामारीको अवस्थामा पनि निजी क्षेत्रलाई निरुत्साहित बनाई गलत निर्णय गरेको छ । यसले निजी अस्पतालमा उपचार गराइरहेका र अक्सिजनको आवश्यकता रहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पर्नसक्ने देखिएको छ ।’ 

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशनपछि अक्सिजन सप्लायर्सहरुले सिफारिस लिएर आउनु भन्दै अक्सिजन रोकिदिएका र त्यसले निजी क्षेत्रमा उपचाररत सयौं बिरामीलाई आवश्यक अक्सिजन नै अभाव हुने हो कि भन्ने चिन्ता बढाइदिएको दाहालले बताए । मन्त्रालयको यस्तो निर्णयबाट विगतमा वार्षिक सम्झौता गरी सम्बन्धित अस्पतालमा नियमित रुपमा आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका अक्सिजन कम्पनीहरुलाई मन्त्रालयको पत्र बिना अक्सिन दिन नसकिने भने आफ्नो उत्तरदायीत्वबाट पन्छिने मौका पनि मिलेको दाहालको दाबी छ । 

‘यो निर्णयका कारण सबै निजी अस्पतालले अक्सिजन छैन, बिरामी अन्त लानुस् भन्ने अवस्था आयो ।’ निजी अस्पतालको छाता संगठन समेत रहेको अफिनका महासचिव दाहालले भने–‘सरकारी अस्पतालमा शैया छैन, शैया उपलब्ध हुने निजी अस्पतालमा अक्सिजन छैन, अनि बिरामीको उपचार कसरी गर्ने ? कसरी कोभिड संक्रमितको ज्यान बचाउने ?’

अहिले राज्य र निजी क्षेत्रको समान उद्देश्य भनेको कोभिड संक्रमितलाई बचाउने रहेको उल्लेख गर्दै दाहालले सबै पक्षबीच छलफल गरेर अक्सिजनको व्यवस्थापनको विषयमा मापदण्ड बन्नुपर्नेमा राज्यले एकतर्फी र अव्यवहारिक ढंगले निर्णय गरेकोमा आपत्ति जनाए । ‘म आफैंले अक्सिजन चाहिँदा ४–५ वटा प्लान्टमा फोन गरेँ, अरुबेला दिइरहेका सप्लायर्सहरुले मन्त्रालयको सिफारिसबिना हामी दिन सक्दैनौं भन्नुभयो ।’ सुमेरु अस्पतालका संचालक समेत रहेका दाहालले थपे–‘अक्सिजनको अभावमा बिरामीको ज्यानै गयो भने त्यसको जिम्मेवार को हुने ?’ 

दाहालले स्वास्थ्य मन्त्रालयसँग अफिनको तर्फबाट निर्णयमाथि पुनरविचारको आग्रह गरेका छन् । उनले कोभिड संक्रमितको व्यवस्थापन, संक्रमण नियन्त्रण र नागरिकको सहज र स्तरीय उपचारका लागि विज्ञसहितको सर्वपक्षीय टिम बनाउन समेत सुझाव दिएका छन् ।