बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध पुनः अविश्वास प्रस्ताव दर्ता भएको छ। विपक्षी गठबन्धन नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
विपक्षी गठबन्धनले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव आइतबार दर्ता गरेका हुन् ।
यसअघि बैशाख ६ गते पहिलो पटक मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । तर, मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । राजीनामापछि बहुमत दलका आधारमा पुनः मुख्यमन्त्री बनेका थिए ।










