काठमाडौं । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुलाई तीन बजे सिंहदरबार बोलाइएको छ ।
माधव नेपालले उनीहरुलाई सिंहदरबार बोलाएका बताइएको छ । आफ्नो पक्षका सांसदहरुले भोलि प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने बरु त्यस अगावै सांसद पदबाट राजीनामा दिने सो पक्षले तयारी गरिरहेको छ ।
सो समूहका कम्तीमा पनि २० जना सांसदहरुले राजीनामा लेखेर माधव नेपाललाई दिइ सकेका छन् । तर कतिपय सोही समूहका सांसदहरुले भने यसरी राजीनामा दिन नहुने भनी आज फरक मत राखिसकेका छन् ।
यस्तो अवस्थामा भोलिको मतदान प्रक्रियामा के गर्ने रु प्रधानमन्त्रीलाई मत दिने कि नदिने भनेर ती सांसदहरुलाई बोलाइएको समाचारमा जनाइएको छ ।
भोलि संसदको विशेष अधिवेशन बस्दैछ । प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत लिने भनी सो बैठक बोलाइएको हो ।








