५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालिकाबाट अनुदानमा लिएको धानको गाँज कुहिन थाल्यो, किसान चिन्तित



अ+ अ-

बागलुङ । खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।

बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन् ।

बडिगाड गाउँपालिकाले रु दुई लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, खुमलदश र पोख्रेली जेठोबुढोको जातको चार हजार एक सय केजीको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । तर खुमलचार जातको धानको बीउ लगाएका किसानको खेतमा धानको गाँज मर्न थालेको छ । बडिगाडको खौलारा, खाल र खर्बाङ आसपासका क्षेत्रको झण्डै ३० हेक्टर धानको खेतमा लगाइएको खुमलचार जातको धानमा जरा कुहिने समस्या देखिएपछि किसान निराश भएका छन् ।

पालिकाले अनुदानमा दिएको बीउका कारण अहिले खेतमा धान मरिरहेको बताउँदै बडिगाडका गाउँपालिका–५ ग्वालिचौरका सीता आचार्यले पालिकाले यसको क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । बडिगाडका स्थानीय किसान लक्ष्मण विक र सीता आचार्य लगाएको धानखेतमा जरा कुहिने रोगको प्रकोपले धान उत्पादन घट्ने देखिएको हो ।

गाउँपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको चार प्रकारका धानको बीउ अनुदान दिए पनि खुमलचार जातको धानमा समस्या देखिएको बडिगाड गाउँपालिकाका कृषि शाखा प्रमुख ईश्वर ओलीले जानकारी दिनुभयो ।

“ल्याव परीक्षण गरेका बीउमात्रै खरिद बिक्री वितरण गर्ने गरिन्छ, अन्त सफल भइसकेको खुमलचार जातको धानको बीउ यहाँ सफल भएन”, उहाँले भन्नुभयो, “पालिकाले परीक्षणका लागि थोरै मात्रमा बीउ वितरण गर्न थालेको थियो, पछि किसानको माग खुमलचारमै बढी भयो, पालिकाले पुन: खुमलचारको बीउ खरिद गरेर अनुदानमा वितरण गरेको थियो ।”

यो क्षेत्रमा खुमलचार राम्रो हुन्छ भनेर सरकारले वर्गीकरण गरेको भूगोलमै पर्ने भन्दै उहाँले हिले खमुलचार धान रोपेका किसानको घरघरमा पुग्ने तथा विषादी वितरण गर्ने गरेको पनि उहाँको भनाइ छ र।

धानको जरा कुहिने समस्या चार वर्ष पहिले पनि गलकोटमा देखिएको बताउँदै पालिकाले वितरण गरेको अन्य धानको बीउ भने राम्रो भएको उहाँको भनाइ छ । एक हजार आठ सय खुमलचारको धानको बीउमध्ये एक हजार तीन सय खुमलचारको धानको बीउ प्रयोगमा आएको ओलीको भनाइ छ । खुमलचारको बीउमा जरा कुहिने समस्या आएपछि उक्त खुमलचार जातको धानको बीउ लगाउने किसानको उत्पादनमा ५० देखि ७० प्रतिशत धानको उत्पादन घट्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

पालिकाले प्रदान गरेको खुमलचार जातको धान मात्रै ३० हेक्टरमा रोपिएको बताउँदै किसानले समेत आफैँ खुमलचार जातको बीउसमेत लगाउँदै आएको बताउनुभयो । समस्या आएपछि पालिकाले विभिन्न स्थानमा लगाइएको खुमलचार जातको धानको अनुगमन गरेको र किसानलाई विषादी उपलब्ध गराएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

किसानको गुनासो आइसकेपछि रु एक लाख लागतमा विषादी खरिद गरी वितरण गरिरहेको बताउँदै अध्यक्ष अधिकारीले किसानको समस्याप्रति पालिका गम्भीर भएको बताउनुभयो । पालिकाले वितरण गरेको विषादीले हुनसक्ने नोक्सानीलाई घटाउने उहाँको विश्वास छ । रासस