२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टस हारेर ब्याटिङ गर्दै नेपाल, विजयी भए सिधै फाईनलमा पुग्ने



अ+ अ-

काठमाडौं । जारी महिला टि–२० आई सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

बायोमास ओभलमा भएको टस जितेर मलेसियाको कप्तानले पहिला फिल्डिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य प्लेईङ –११ मा परेकी छन् भने ईश्वरी विष्ट बेन्चमा बसेकी छिन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा नेपाल अपराजित रहँदै फाइनल खेल्नेछ ।

हङकङ पनि ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । आज नेपाल पराजित भएमा तीन टोलीको समान ४ अंक हुनेछ र नेटरनरेटको आधारमा माथि रहेको टोलीले फाईनलको यात्रा गर्नेछ ।

नेपालको प्लेइङ ११:

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ र अश्मिना कर्माचार्य र खुशी डंगोल ।