२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

परमाणु विकिरणबाट उत्पन्न फोहोर पानी समुन्द्रमा फालेसँगै जापानमा आन्दोलन चर्कियो



अ+ अ-

एजेन्सी । जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गरेसँगै आन्दोलन थप चर्किएको छ ।

जापानको सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरुले बिरोध जनाएका हुन् । साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरुले समेत बिरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।

जापानले बिहीवार दिउँसो १ बजेबाट दुषित पानी प्रशान्त महासागरमा फाल्न शुरु गरेको हो । टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताएको छ ।

दुषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ । जापानको यो कदमसँगै छिमेकी देशहरु र प्रशान्त टापुका देशहरु आक्रोशित बनेका छन् ।