१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकार असंवेदनशील र अक्रमन्य सावित भएको छ- डा.प्रकाशशरण महत (भिडियो सहित)

सरकार असंवेदनशील र अक्रमन्य सावित भएको छ-  डा.प्रकाशशरण महत (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणको पहल गरेको हो ।

यसका लागि दलहरुसंग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो । उहाँले अलमलमा रहेको जनता समाजवादी पार्टीलाई पनि वर्तमान सरकारबाट मुलुकलाई पुग्ने क्षतिबाट देश र जनतालाई बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा उभिन आग्रह गर्नुभयो ।

आइतबार आफ्नै निवासमा संचारकर्मीसंग कुरा गर्दै नेता महतले नेपाली कांग्रेसको नेतृत्वमा बैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सके कोभिड १९ रोकथाम तथा नियन्त्रण गरि, मुलुकलाई भ्रष्टाचार मुक्त बनाई आउँदो निर्वाचनलाई निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न हुन सक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “नेपाली कांग्रेस सरकारको नेतृत्वमा जान हतारिएको थिएन । हामीले ५ बर्ष पछि अर्को निर्वाचनबाट नै जनादेश लिएर सरकारमा जाने हाम्रो लक्ष्य थियो । तर ५ बर्षका लागि निर्वाचित भनेर आएको ओली जीको सरकार अन्त्यन्तै गैह् जिम्मेबार ठहरियो । भ्रष्टाचारको कोणबाट, कोभिड व्यवस्थापनको कोणबाट, लोकतान्त्रिक मुल्य र मान्यतालाई कमजोर गर्ने कोणबाट । सबै कोणबाट जनताविरोधी  देखिए । त्यसैले हाम्रो संसदमा संख्या कम भएपनि अरु यस्तै सोच राख्ने दलहरु मिलेर यस (वर्तमानसरकार)को विकल्प दिउँ भनेर हामीले त्यो पहल गर्ने निर्णय गरेको हो ।

यसैबीच प्रधानमन्त्रीले आफै विश्वासको मत लिन्छु भनेर अग्रसर हुनुभएको छ । यो विश्वासको मतमा ओली जीलाई असफल पार्ने भन्ने हाम्रो पार्टीको निष्कर्ष छ । त्यसमा विभिन्न दलका नेताहरुसंग छलफल जारी छ । त्यसमा नेकपा माओवादी केन्द्रले विश्वासको मतलाई असफल पार्ने कार्यमा नेपाली कांग्रेसलाई साथ दिने निर्णय गरिसकेको छ । जसपा अलि अलमलमा छ । कुराकानी भईरहेको छ । उहाँहरुले पनि देशको परिस्थितिलाई ध्यानमा राखेर साथ दिनु भयो भने यो सफल हुन्छ । त्यसो भएको खण्डमा बैकल्पिक सरकार नेपाली कांंग्रेसको नेतृत्वमा बन्ने अवस्था आउँछ । ”

नेता महतले वर्तमान अवस्थामा देश कोभिड संक्रमणको गम्भीर चरणबाट गुज्रिरहेको र सरकार कोभिड नियन्त्रण तथा रोकथाममा पुर्ण रुपमा असफल भएको आरोप लगाउनुभयो । उहाँले कोभिड १९ संक्रमण  र रोकथामको विषय जटिल देखिएको, अक्सिजनमा कालोबजारी, वेड अभाव लगायत समस्या भएका कुराहरु मुलुकभरबाट आईरहँदा पनि सरकार पुरै असंवेदनशील र अर्कमण्य भएको टिप्पणी गर्नुभयो । यस्तो भयावह अवस्थामा पनि प्रधानमन्त्री ओलीले नेपालमा कोभिड संक्रमण नियन्त्रणमा नै छ भनेर विश्वसामु झुटो बोलेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “हिजो प्रधानमन्त्री ओलीजीले सिएनएनलाई अन्र्तरवार्ता दिने क्रममा कोभिड अन्डर कन्ट्रोल छ भनेर बोल्नुभएको छ । यो भन्दा झुटो कुरा अर्को हुन सक्तैन । अहिले कोभिड संक्रमण बढ्दै छ र सरकार उदासिन छ भन्ने स्पष्ट नै छ । विर अस्पतालमा १ हजार बेड तुरुन्तै सुनिश्चित गर्ने भनेको, अरु ठाउँमा पनि भनेको अहिलेसम्म अगाडी बढ्न सकेको छैन । 

उहाँले संक्रमितको प्रभावकारी ढंगले उपचारको व्यवस्था गर्न  तथा आवश्यक मात्रामा अक्सिजनको सुनिश्चिता गर्न सरकारसंग माग गर्नुभयो । उहाँले महामारी नियन्त्रणका लागि सरकारले चालेका हर कदमलाई नेपाली कांग्रेसले साथ दिने बताउनुभयो ।