१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

आज कुन जिल्लामा कति संक्रमित थपिए ?
अ अ+ अ-

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको छ।  जसमध्ये सक्रिय संक्रमितको संख्या ८८ हजार १ सय ६० जना पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा १, झापामा ११७, धनकुटामा ३, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३३०, संखुवासभामा २, सुनसरीमा ६६ र सोलुखुम्बुमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को धनुषामा १३०, पर्सा ६७, बारामा २४, महोत्तरीमा ८५, रौतहटमा ५०, सप्तरीमा २८, सर्लाहीमा १२ र सिरहामा ३३ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने काभ्रेपलाञ्चोकमा १२२, चितवनमा ३१०, दोलखामा ८, धादिङमा २१, नुवाकोटमा ७३, भक्तपुरमा ५०४, मकवानपुरमा ९०, रसुवामा ७, रामेछापमा १९, ललितपुरमा ५३३, सिन्धुपाल्चोकमा ७५ र सिन्धुलीमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३८३, गोरखामा ७४, तनहुँमा ८३, नवलपरासी पूर्वमा ५२, पर्वतमा ७, म्याग्दीमा ४, लमजुङमा १२, बागलुङमा ३ र स्याङजामा २३ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३९, कपिलवस्तुमा ३७, गुल्मीमा १२, दाङमा ३११, नवलपरासीमा ६०, पाल्पामा ९३, प्युठानमा ५, बर्दियामा १२, बाँकेमा ७३, रुपन्देहीमा ५६२ र रोल्पामा २१ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा ३, जुम्लामा १९, दैलेखमा ४, रुकुम पश्चिमा ९, सल्यानमा ३ र सुर्खेतमा २३५ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ४४, कञ्चनपुरमा २१, कैलालीमा ४७६, डडेल्धुरामा ४५, डोटीमा ९, दार्चुलामा २९, बझाङमा ३ र बैतडीमा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।