• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

सामाजिक सञ्जालबाट हुने हिंसा सहन बढी शक्ति चाहिन्छ: करिश्मा मानन्धर



काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले दैनिक जीवन काम भन्दा पनि सामाजिक सञ्जालको प्रहारलाई सम्हाल्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

बिहीवार मिडिया एड्भोकेसी गु्रपले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा सामाजिक सञ्जालबाट आफूले भोगेको अनुभव सुनाउँदै यस्तो बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आफू बिरुद्ध हुने प्रहार सहजिकरण गर्ने दैनिक काममा भन्दा बढी इनर्जि खर्च गर्नु परिरहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालको प्रयोगमा संवेदनशिलता अपनाउँदा पनि अरुले आफूमाथि प्रहार गर्ने गरेको बताउनु भयो । उहाँले आफू भन्दा पनि अरुको कारणले आफलाई धेरै पटक मिडियाहरुले नराम्रो बनाइदिने काम गरेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा वाक स्वतन्त्रता प्रयोग गर्न सबैले पाउने तर अरुको बारेमा स्टोरी बनाएर जीवनी भन्न नपाउने बताउनु भयो।

उहाँले एक जना पुरुष चरित्र र कामको बारेमा मात्रै आलोचित हुने गरे पनि महिला धेरै विषयमा पीडित रहेको बताउनु भयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जाल अनसिन प्लेटफर्म ठानेर सबै तीतो पोख्ने गरिएको बताउनु भयो। उहाँले हामीले यसलाई कानूनी मात्रै नभएर रोगी समाज निर्माण गरिरहेको बताउनु भयो। उहाँले साइबर क्राइम नियन्त्रण गर्न कानून मात्रै पर्याप्त नभएको बताउनु भयो।

उहाँले सामाजिक सञ्चाल दुरुपयोग गर्नेहरुलाई साइबर सम्बन्धि अभिमुखिकरण गर्नुपर्ने बताउनु भयो । सार्वजनिक स्थानमा दुई तीन वटा मिडिया ल्याएर मानिसहरुलाई ह्यारेसमेन्ट हुने गरेको बताउनु भयो। उहाँले जथाभावि लेख्ने र सामाजिक सञ्जालमा दुरुपयोग गर्ने पत्रकारलाई पनि सरकारले नियमन गर्नु पर्ने बताउनु भयो । पत्रकारले समाजलाई संस्कार सिकाउनुपर्ने भन्दै अरुलाई बाटो देखाउनु पर्ने बताउनु भयो ।