१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

शय्या र अक्सिजन नपाएर ज्यान गुमाउँदै सङ्क्रमित

शय्या र अक्सिजन नपाएर ज्यान गुमाउँदै सङ्क्रमित
अ अ+ अ-

काठमाडौं । चाँगुनारायण नगरपालिका–६ नगरकोटका नारायणप्रसाद लामिछानेको आइसियू र भेन्टिलेटर खोज्दाखोज्दै ज्यान गयो । कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा बसे पनि श्वासप्रश्वासमा समस्या आएपछि यही वैशाख २१ गते उपचारका लागि भक्तपुर अस्पतालमा भर्ना भएका लामिछानेले आइसियू नपाउँदा ज्यान गुमाउनु परेको हो । 

भक्तपुर अस्पतालमै कोरोना सङ्क्रमण निको भएर घर फर्किएका लामिछानेका छिमेकी जयराम बाँस्तोलाले भए भेन्टिलेटर, नभए आइसियू मात्रै भए पनि चाहियो भनेर उपत्यकाभरिका अधिकांश अस्पतालमा दुई दिन अघिदेखि खोज्दा पनि कतै आइसियू नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आइसियूका लागि पत्रकार, नगर प्रमुखहरु, अस्पतालका प्रमुखदेखि प्रतिनिधिसभाका सांसद महेश बस्नेतसम्मलाई भनेर खोज्दा पनि आइसियू पाइएन, सांसद बस्नेतले भोलिपल्टका लागि आइसियूको जोहो गरिदिने भनेको केहीबेरमै भक्तपुर अस्पतालमा लामिछानेको ज्यान गयो ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले लामिछाने त नमूना पात्र मात्रै भएको बताउनुभयो । लामिछानेकै लागि रातको १२ बजेदेखि विभिन्न अस्पतालदेखि विभिन्न निकायको हाकिमहरु समेतलाई हारगुहार गर्दा पनि आइसियू नपाउँदा ज्यान गएको बताउनुभयो । सङ्क्रमितमध्ये धेरैले अचेल अस्पतालमा शय्या र अक्सिजन खोज्दाखोज्दै ज्यान गुमाउन थालेको बताउँदै उहाँले यस्तो अवस्था आउनु निकै दुःखको कुरा भएको बताउनुभयो ।   

पत्रकार पेशल आचार्य आफ्ना छिमेकीदेखि आफन्तसम्मका लागि आइसियू खोज्दा पनि नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारले भए अस्पतालमा शय्या मिलाइदिन्छन् भनेर धेरै आशा राखेर फोन आउँछ, तर पत्रकार साथी र आफन्तका लागि समेत आइसियू र भेन्टिलेटर खोज्दा पनि पाइँदैन, अवस्था विकराल बन्दैछ ।”

भक्तपुरमा अहिले भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले मात्रै कोभिडका बिरामी राखेर उपचार गरिरहेका छन् । भक्तपुर अस्पतालले छ शय्याको मात्रै आइसियू छ भने नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नौ शय्याका आइसियू खाली छैन । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालका सबै आइसियू भरिएका र आइसियू पाउनकै बिरामी पालो कुरेर बसिरहेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले अस्पतालले छ शय्याको आइसियू र २५ शय्याको हाइकेयर युनिट सञ्चालनमा ल्याए पनि बिरामीको चाप अत्याधिक बढेकाले आइसियूको अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा बिरामी थेग्नै नसक्ने गरी बिरामी आएका छन्, निजी अस्पतालले पनि कोरोनाका बिरामीलाई भर्ना नगरी यहीँ पठाइदिन्छन्, जनस्वास्थ्यले पनि यहीँ पठाइदिन्छ । अस्पताल आउने सबै विरामीलाई अक्सिजन दिनैपर्ने हुन्छ, आइसियूमा राख्नु पर्ने बिरामीलाई पनि आइसियू दिन सकिएको छैन ।” 

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मात्रै कोरोनाका बिरामी भर्ना गर्ने भएकाले अस्पतालमा शय्या अभाव भएको बताउनुभयो । निजी अस्पतालले कोरोनाका बिरामीको उपचार शुरु नगरेका कारण यी दुई अस्पतालमा चाप बढेको बताउँदै उहाँले बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको र शय्या थप नहुँदा बिरामीले आइसियू, भेन्टिलेटर र अक्सिजनकै अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आएको बताउनुभयो ।

अस्पतालका प्रशासनका अनुसार आइसियूमा भर्ना भएका विरामी कि न निको भएर घर फर्किएपछि कि त ज्यान गए पछि मात्रै खाली हुने शय्यामा पनि तत्कालै अर्को बिरामी राख्नु पर्ने अवस्थाका कारण शय्या खाली नै नहुने गरेको हो । भक्तपुरमा सिद्धि स्मृति अस्पतालले सुुविधा सम्पन्न कोभिड ब्लक निर्माण गरेर कोभिडका विरामीको उपचारका लागि तयारी गरेको छ । 
जिल्लाका इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल, नागरिक कम्युनिटी अस्पताल, समिट अस्पताल सञ्चालन भए पनि कोभिडका विरामीको उपचार यी अस्पतालले नगरेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताउनुभयो । 

निजीतर्फ जिल्लाको ठूलो अस्पतालको रुपमा रहेको दुवाकोटको काठमाडौंँ मेडिकल कलेजले समेत विभिन्न बाहना बनाएर कोभिडको बिरामी भर्ना नगर्दा जिल्लामा सङ्क्रमित भएकाहरुलाई उपत्यकाको अस्पताल खोज्दै भौँतारिनु परेको उहाँले बताउनुभयो । भक्तपुर अस्पतालको मेसु गौतमले भन्नुभयो, “अस्पतालसँग समन्वय नै नगरी अरु अस्पतालले कोभिडका बिरामी भक्तपुर अस्पताल पठाइदिन्छन्, अस्पतालको सबै शय्या भरिएपछि पालसमेत राखेर अक्सिजन दिएर ८० भन्दा बढी शय्यामा कोभिडका बिरामीको उपचार गरिरहेका छौँ, हाम्रो अस्पतालमा डाक्टरदेखि स्वास्थ्यकर्मी रातदिन नभनी निरन्तर खटिरहेका छौँ ।”

अक्सिजनको अभाव भएपछि आजदेखि जनकपुरदेखि अक्सिजन ल्याउन थालेको बताउँदै उहाँले आइसियू थप्ने बजेट आएमा बिरामीलाई सहज हुने बताउनुभयो । भक्तपुर अस्पताल आएका बिरामीको कोभिड आकस्मिक ब्लकमा राखेर अक्सिजन दिएर उपचार गरिरहेको उहाँको भनाइ छ । आइसियू अभावले बिरामीलाई समस्या परेको उहाँ बताउनुहुन्छ ।

भक्तपुरमै अक्सिजन अभावमा गत बिहीबार कौसलटारको भक्तपुर इन्टरनेशनल अस्पतालमा कोभिडको दुई बिरामीको ज्यान गएको थियो भने अक्सिजन र आइसियू खोज्दाखोज्दै होम आइसोलेसनमा बिरामीको ज्यान जान थालेको जनप्रतिनिधिहरु नै बताउँछन् ।

-रमेश गिरी