२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज कार्यक्रमका लागि अस्ट्रेलिया जान लागेकी समिक्षाको भिसा रद्द



अ+ अ-

काठमाडौँ । गायिका समिक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको छ । तीज कार्यक्रमका लागि अस्ट्रेलिया जान लागेकी समीक्षाको नेपालस्थित अस्ट्रेलियन दूतावासले भिसा रद्द गरिदिएको हो ।

समिक्षाले आफू १८ वर्ष नपुगेकोले केयर टेकरको आवश्यकता पर्ने भन्दै आवेदन दिएकी थिइन् । तर, यसअघि अस्ट्रेलिया जाँदा लगेको केयर टेकरलाई उतै छोडेर आएपछि उनको भिसा रद्द भएको बताइन्छ ।

समिक्षाले पछिल्लोपटक फागूपूर्णिमाको अवसरमा अस्ट्रेलिया जादा आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन् । अहिले फेरि तीजको अवसरमा अस्ट्रेलिया जाने तयारीमा रहेकी उनले केयर टेकरको आवश्यकता पर्ने भन्दै अर्को व्यक्तिको लागि आवेदन दिएकी थिइन् ।

पहिले लगेको केयर टेकर उतै छाडेको कारण अस्ट्रेलियन दूतावासले उनको १ वर्षको भिसा अवधि रहँदापनि रद्द गरिदिएको बताइएको छ ।यद्यपी यसबारे समिक्षाले भने केहि बोलेकि छैनन् ।