९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीको अबको राजनीतिक अस्त्र के होला ?



अ+ अ-

काठमाडौं । माधव नेपाल समूहलाई फकाउन सकेमा ठाकुर समूहलाई फकाउन सकिन्छ कि भन्ने आशामा प्रधानमन्त्री ओली देखिएको स्रोतले बतायो । संसदमा बहुमत पुर्याउन १३६ मत आवश्यक पर्दछ । एमालेमा माधव नेपाल समूहसहित १२१ मत छ । प्रधानमन्त्री ओलीले माधव नेपाललाई सहमति गर्दै जसपाका ठाकुर समूहलाई फकाउन सोमबार संसद बस्नुअघि ओलीले कुनै अस्त्रको प्रयोग गर्न सक्ने अनुमान भइरहेको छ । 

उनले निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहन चाहेको कारणले पनि उनले आफू प्रधानमन्त्री नहुने भए जुनसुकै कदम पनि चाल्न सक्ने खतरा देखिएको छ । पटकपटक राष्ट्रपति विद्या भण्डारीसँगको भेटपछि ओलीले चाल्ने सम्भावित कदमप्रति यतिबेला सबै राजनीतिक दल सशंकित र सचेत देखिएका छन् । 

माओवादी केन्द्रका कतिपय नेताले त आफ्नो पक्षमा बहुमत नपुग्ने अवस्था आएमा ओलीले सांसद लुकाउन पनि सक्ने अनुमान गरेका छन् । कोरोना भाइरसको निहुँ पनि उनका लागि उम्कने बाटो हुनसक्ने उनको भनाइ छ । 

यो समाचार आजको नागरिक दैनिकमा छ ।