२० श्रावण २०८३, बुधबार
,
Latest
कर्णाली प्रदेशसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण फिर्केखालाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेस विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बिहीबार कुन भगवानको पूजा–आराधना गर्ने ?



अ+ अ-

काठमाडौँ । हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् ।

आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ । साथै आजको दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास छ । यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ । बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने, त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ ।

यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमस्’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ ।

बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।