काठमाडौंं । नेकपा (एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक बस्दैछ । प्रधानमन्त्री तथा पार्टी केपी शर्मा अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्तावसहितको आज (सोमबार) बिहान ९ बजेसम्मको समयसीमा सकिएसंगै यसबारेमा थप छलफल गर्न संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा पनि छलफल हुँने बताईएको छ ।
यता दिउँसो १ बजे प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन बस्दैछ । साथै कांग्रेस माओवादी गठबन्धनको संसदमा बहुमत पुग्नेगरि नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेका छन् ।








