काठमाडौ । नेकपा एमाले माधव नेपाल समुहका सासंदहरु सिंहदरबारमा पुगेका छन् । एकताको लागि अध्यक्ष केपी ओली पक्षबाट कुनै पहल नभएपछि राजीनामा गर्ने तयारी गरेको सांसद झपट रावलले बताउनु भयो ।
राबवले सामाजिक संञ्जालमा लेख्नु भएको छ–ब्यक्तिको दम्भका कारण पार्टी एकताका सबै प्रयास असफल। प्रत्यक्ष तर्फका र समानुपातीक दुर्ब तर्फका सासंसदले राजीनामा गर्ने तयारी गरेपनि संख्या भने एकिन भएको छैन ।
आफूहरुले राजीनामा गरेपछि ओली एमालेको सासंदको संख्या घट्ने र ओली सरकार बाट बाहिरिने सो समूहको निष्कर्ष रहेको छ ।








