७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

गोरु काटेको घटनाबारे काँग्रेस सांसद भण्डारीद्वारा सरकारसँग जवाफ माग

गोरु काटेको घटनाबारे काँग्रेस सांसद भण्डारीद्वारा सरकारसँग जवाफ माग
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको जवाफ संसदमा दिन माग गर्नुभएको हो । उहाँले सदियौँदेखि विभिन्न विविधता, एकता, श्रद्धाले युक्त देशलाई स्वभाविक र अराजक गतिविधि गरेर दुषित बनाउन खोजिएको बताउनु भयो ।

उहाँले आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौति दिँदै धरानमा भएको घटना निन्दनीय भएको बताउनु भयो । उहाँले वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, आधारभुत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गलत भएको बताउनु भयो । नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको स्पष्ट भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही दिनअघि धरानमा अस्वभाविक र अराजक घटना भयो । यो घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ । गोरु काटेर सामुहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उश्रृंखल तत्वहरुले सामाजिक सञ्जालमार्फत प्रचार गर्न खोजेको देखिन्छ । नेपाल बहु धार्मिक, बहु सांस्कृतिक, बहु भाषिक मुलुक हो । परापूर्वकालदेखि यहाँ विभिन्न विविधता, एकता, श्रद्धा छ । सबै समुदाय जिम्मेवार भएर आफ्नो आफ्नो धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको परम्परा छ । वैदिक सत्य सनातन धर्म परम्परा र संस्कृतिको विशाल उपस्थितिका बीच पनि सबै धर्म, समुदाय, परम्परालाई उच्च सम्मान, संरक्षण तथा संवद्र्धनमा मद्दत हुँदै आएको तथ्य हरेक जिम्मेवार नागरिकलाई थाहा छ । नेपालको कानूनले पनि शान्तिपूर्ण ढगबाट आफ्नो धर्म परम्परा मान्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर हाम्रो आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौति दिँदै धरानमा भएको घटना निन्दनीय छ ।

वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, यसका आधारभुत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गरिएको छ । यो गलत मनशाय बोकेका नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको बुझ्न कुनै कठिनाइ छैन । यस्ता अराजकलाई समाजले निगरानी गर्दै हाम्रो विषमतालाई जोगाइराख्न आग्रह गर्छु । नेपालमा सदियौँदेखि चल्दै आएको धर्म संस्कृति र सद्भाव खल्बल्याइ द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्वहरुको अवाञ्छित क्रियाकलाप बढ्दै गएको छ । यो घटनाको बारेमा के भइरहेको छ ? गृहमन्त्रालयको ध्यानार्षण गराउन चाहन्छु । साथै के गरिरहेको छ ? मन्त्रालयले जानकारी गराउन आग्रह गर्छु ।’

सांसद भण्डारीले ेपालमा सदियौँदेखि चल्दै आएको धर्म संस्कृति र सद्भाव खल्बल्याइ द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्वहरुको अवाञ्छित क्रियाकलाप बढ्दै गएकोप्रति दु:ख व्यत्त: गर्नुभयो ।