१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरु काटेको घटनाबारे काँग्रेस सांसद भण्डारीद्वारा सरकारसँग जवाफ माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको जवाफ संसदमा दिन माग गर्नुभएको हो । उहाँले सदियौँदेखि विभिन्न विविधता, एकता, श्रद्धाले युक्त देशलाई स्वभाविक र अराजक गतिविधि गरेर दुषित बनाउन खोजिएको बताउनु भयो ।

उहाँले आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौति दिँदै धरानमा भएको घटना निन्दनीय भएको बताउनु भयो । उहाँले वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, आधारभुत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गलत भएको बताउनु भयो । नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको स्पष्ट भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही दिनअघि धरानमा अस्वभाविक र अराजक घटना भयो । यो घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ । गोरु काटेर सामुहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उश्रृंखल तत्वहरुले सामाजिक सञ्जालमार्फत प्रचार गर्न खोजेको देखिन्छ । नेपाल बहु धार्मिक, बहु सांस्कृतिक, बहु भाषिक मुलुक हो । परापूर्वकालदेखि यहाँ विभिन्न विविधता, एकता, श्रद्धा छ । सबै समुदाय जिम्मेवार भएर आफ्नो आफ्नो धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको परम्परा छ । वैदिक सत्य सनातन धर्म परम्परा र संस्कृतिको विशाल उपस्थितिका बीच पनि सबै धर्म, समुदाय, परम्परालाई उच्च सम्मान, संरक्षण तथा संवद्र्धनमा मद्दत हुँदै आएको तथ्य हरेक जिम्मेवार नागरिकलाई थाहा छ । नेपालको कानूनले पनि शान्तिपूर्ण ढगबाट आफ्नो धर्म परम्परा मान्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर हाम्रो आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौति दिँदै धरानमा भएको घटना निन्दनीय छ ।

वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, यसका आधारभुत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गरिएको छ । यो गलत मनशाय बोकेका नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको बुझ्न कुनै कठिनाइ छैन । यस्ता अराजकलाई समाजले निगरानी गर्दै हाम्रो विषमतालाई जोगाइराख्न आग्रह गर्छु । नेपालमा सदियौँदेखि चल्दै आएको धर्म संस्कृति र सद्भाव खल्बल्याइ द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्वहरुको अवाञ्छित क्रियाकलाप बढ्दै गएको छ । यो घटनाको बारेमा के भइरहेको छ ? गृहमन्त्रालयको ध्यानार्षण गराउन चाहन्छु । साथै के गरिरहेको छ ? मन्त्रालयले जानकारी गराउन आग्रह गर्छु ।’

सांसद भण्डारीले ेपालमा सदियौँदेखि चल्दै आएको धर्म संस्कृति र सद्भाव खल्बल्याइ द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्वहरुको अवाञ्छित क्रियाकलाप बढ्दै गएकोप्रति दु:ख व्यत्त: गर्नुभयो ।