२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा २९ दशमलव ४७ अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम भएको छ ।

आज नेप्सेमा सूचिकृत दुई सय ७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार तीन सय ४० पटक खरिदबिक्री हुँदा रू एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ७६ दशमलव २९ अङ्कले र निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३२ दशमलव २२ अङ्कले बढेको छ । बैंकिङ समूह नौ दशमलव ५४, विकास बैंक ४३ दशमलव ५५, वित्त ३३ दशमलव ८२, होटल तथा पर्यटन ५७ दशमलव २८ र लगानी समूह एक दशमलव ०७ अङ्कले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन ४२ दशमलव ८०, लघुवित्त ६१ दशमलव ८०, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ५५ दशमलव ४९ र अन्य समूह १३ दशमलव ३७ अङ्कले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ अङ्कले बढेको छ भने धेरै घट्नेमा सिजिटन्स सुपर–३० म्युचुअल फन्डको शेयर मूल्यमा सात दशमलव ४२ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको रू सात करोड ५७ लाख ६५ हजार आठ सय ९४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको एक लाख ५१ हजार सात सय १३ कित्ता शेयर किनबेच भएको छ । रासस