![](https://newspolar.com/wp-content/uploads/2023/08/368234754_696822155807501_7333992653260050267_n.jpg)
काठमाडौं । महिला टि–२० आई सिरीजको दोस्रो खेलमा नेपालले कुवेतलाई ९० रनको मध्यम लक्ष्य दिएको छ ।
बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनायो । नेपालको लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । काजोल श्रेष्ठ १९ रनमा अविजित रहँदा विन्दु रावल २० रन बनाईन ।
यस्तै, ओपनर पुजा महतो शून्य रनमा आउट हुँदा सम्झना खड्काले १ रनमा विकेट गुमाईन् ।अनुभवी ब्याटर सीता रानामगर ७, कप्तान रुविना क्षेत्री बेलबासे ५, कविता जोशी २ र कविता कुँवर डक आउट भइन् ।
कुवेतकी महियम हैदरले ४ विकेट लिइन् । मर्याम ओमारले २ विकेट लिइन् भने प्रियादा मुराली र खादिजा खालिलले एक एक विकेट लिइन् ।