२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

परमाणु विकिरणबाट उत्पन्न दुषित जल फाल्ने सरकारको निर्णयको बिरुद्धमा ८८.१ प्रतिशत जापानी



अ+ अ-

एजेन्सी । जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गर्ने निर्णयसँगै बिरोध चर्किएको छ ।

मंगलवार बसेको जापनको मन्त्रीपरिषद्को बैठकले बिहीवार (भोलि) देखि परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्ने निर्णय गरेको थियो । प्रशान्त महासागरसँग जोडिने देश, स्थानीयहरुले बिरोध जनाउँदा समेत जापान सरकारले सो निर्णय गरेपछि आन्दोलन झनै चर्किएको हो ।

सरकारको सो निर्णयको चौतर्फी बिरोध भइहँदा सरकारले भने दुषित पानी समुन्द्रमा फाल्ने मिति तय गरेको थियो । समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरुका साथै मत्स्य व्यवसायी र स्थानीयहरुले सरकारको निर्णयको बिरोध गरिरहेका छन् ।

जापानी सरकारले परमाणु दुषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरुले बिरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् । उनीहरुले जापानी प्रधानमन्त्री जापानका प्रधानमन्त्री फुमियो काशिदाको सरकारी निवास अगाडि बिरोध प्रदर्शन गरेका छन् ।

जनमत सर्वेक्षणमा ८८.१ प्रतिशत नागरिका सरकारको सो निर्णयको बिरुद्धमा रहेको पाइएको राष्ट्रिय समाचार एजेन्सी क्यादोले जनाएको छ ।